
पोखरा ।
एनआरएन डेनमार्कका सल्लाहाकार तथा एनआरएनका पूर्व अन्तरास्ट्रिय समन्य परिषदका सदस्य सुर्य खनाल तथा पत्नी प्रमिला खनालले पोखरा महानगरपालिका २८ कालिका बिमिरापानीमा रहेको त्रिलोकेश्वर शिव मन्दिर पुनः निर्माणको लागी एक लाख रुपिया सयोग गरेका छन् ।
स्थाही घर शुक्ला गण्डकी नगरपालिका २ कोत्रे र हाल डेनमार्कको कोपन्हेगन रहेका खनाल दम्पतीले आफ्नो जन्म भुमिमा केहि न केहि सयोग गर्नुपर्छ भन्ने उध्यश्यले सयोग गरेको बताउदै बाध्यता र विवशताले विदेश भए पनि जन्म भुमिलाई कहिले पनि भुल्न नसकिने बताए ।
बिशेष गरी कालिका आफ्नो माइती घर रहेको र जन्मेको ठाउमा केहि रकम सयोग गर्न पाएकोमा खुशी लागेको बताउदै प्रमिला खनालले आफुलाई धार्मिक आस्था समेत रहेको र शिव मन्दिर जस्तो पुण्य ठाँउको पुनः निर्माण कार्यमा सयोग गर्न पाएकोमा गर्व लागेको बताईन् ।
त्रिलोकेश्वर शिव मन्दिर सेवा समितिका अध्यक्ष मनोहरि पौडेलले खनाल दम्पतीलाई बिषेश धन्यवाद दिदै पोखरा महानगरपालिका २८ कालिका कोलाकोपाट बिमीरापानीमा २०३७ सालमा स्थापना भएको यस त्रिलोकेश्वर शिव मन्दिर हाल अत्यन्त जिर्ण अबस्थामा रहेको र मन्दिरको संरक्षण समेत नभएको अवस्थामा हाल स्थानिय जनताको अग्रसरमा मन्दिरको समिति गठन भई मन्दिरको पुनःनिर्माणको काम गर्नको लागी अग्रसरता देखाइरहको र यस धार्मिक,पुण्य कार्यमा यस समिति, स्थानिय जनता मात्र लागेर नहुने भएको हुदा यस कार्यमा देश विदेशमा रहेका शुभचिन्तकहरुको सयोगको खाचो रहेको बताए ।
मन्दिरलाई पोखरा महानगरपालिका लगाएत यस क्षेत्रकै धार्मिक पर्यटकीय ठाँउको रुपमा विकास गर्ने उध्यश्य रहेकोले हाल शिव मन्दिर लगाएत मन्दिर परिसरमा रहेका पौवाहरुको पुनःनिर्माण गर्नेुकोे साथै मन्दिर परिसरमा पार्क तथा बर,पिपल चौतारी, खानीपानी धारा लगाएत अन्य संरचनाहरु निर्माण गर्नुेपर्ने भएकोले त्रिलोकेश्वर शिव मन्दिर सेवा समितिले बृहत गुरुयोजना बनाएर काम थालनी गर्न लागेको अध्यक्ष पौडेलले बताए ।