एलन मस्कलाई ट्वीटरको सीईओ छाड्न सुझाव

-


     नेपालय न्युज    
     पौष ४ गते २०७९


ट्वीटरका सीईओ एलन मस्कलाई कम्पनीको सीईओ छाड्न सुझाव आएको छ । मस्कले ट्वीटरको सीईओको रुपमा रहने या नरहने भनेर एक सर्वेक्षण गराएका थिए ।

तर, सर्वेक्षणमा उनलाई उक्त पद छाड्न सुझाव आएको हो । प्रयोगकर्ताको सुझावको आधारमा मस्कले सीईओको भूमिका छाड्नुपर्ने अवस्था आएको बीबीसीले जनाएको छ । मस्कले आफ्नै आधिकारिक ट्वीटर ह्याण्डिलमार्फत यसबारे सर्वेक्षण गराएका थिए ।

एलन मस्कले पोलमा आफ्नो १२ करोड २० लाख फलोअर्स सामु सर्वेक्षण गराएका थिए । उनले भनेका थिए के म ट्वीटरको प्रमुख पदबाट हट्न जरुरी छ ? जवाफमा ५७।५ प्रतिशतले छाड्नुपर्ने पक्षमा मत दिएका हुन् । टेक्नोलोजी दुनियाँका बादशाह मस्क टेस्ला र स्पेस एक्स जस्ता कम्पनीका मालिक समेत हुन् । ट्वीटरको कमाण्ड सम्हालेयता उनी लगातार चर्चा र विवादमा छन् ।

एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com