अमेरिकी आकाशमा उडिरहेको विमानमा झट्का, ३६ यात्री घाइते

-


     नेपालय न्युज    
     पौष ४ गते २०७९


अमेरिकी आकाशमा उडिरहेको एउटा विमानमा झट्काका कारण ३६ यात्री घाइते भएका छन् । तीमध्ये ११ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

हवाइयन एयरलाइन्सको विमान फिनिक्सबाट होनुलुलुतर्फ जाँदै गरेको अवस्थामा अचानक झट्का लागेको बताइएको छ । विमानमा २७८ यात्री र १० जना चालक दलका सदस्य सवार थिए ।

विमान अवतरण गर्नु केही अघि नराम्रो झट्का लागेको बताइएको छ । झट्काबाट घाइते भएका २० जनालाई अस्पताल लगिएको छ । उनीहरुको शरीरको विभिन्न भागमा चोट लागेको जनाइएको छ ।

अस्पताल लगिएकाहरुमा १७ यात्री र तीन चालक दलका सदस्य छन् ।

समाचार एजेन्सीहरुका अनुसार विमानमा झट्का लागेकै समयमा सो क्षेत्रमा चट्याङ परेको थियो । सोही कारण विमानमा झट्का लागेको अनुमान गरिएको छ ।

एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com