
गत बिहीबार मङ्शिर पूर्णे देखी प्राकृतिक पूजक किरातीहरुको उधौली सुरु भएकों छ । किराती हरुको ५०८२ साल पुरानो यो इतिहास हो । लिम्बूहरुको चाशोक तंगनाम, राइहरुको साकेला, सुनुवार समुदायले फ़ोलास्यादर र याख्खा हरूले चासुवा को नामले परिचित यो चाडको समग्र अर्थ उही हो । यो पर्ब जिरेल, सुरेल, धिमाल, हायुहरुले पनि मनाउने गर्दछन !
किरात याक्थुङ चुम्लुङ अमेरिकाले पनी अत्यांत भव्य र सभ्यका साथ न्यूयोर्कको क्वींस स्थित शेर्पा किदुगमा आफ्नो मौलिक पर्ब चाशोक तंगनाम मनायो हरेक वर्ष मनाईने यो पर्व चुम्लुङ अमेरिकाको वार्षिक पर्ब हो । उक्त कार्यक्रममा अग्रज / तुम्यांग प्रेम मेन्यांगबोले मङ्शिरमा पाकेको धान, कोदो, सिम्बि लगाएतका अन्न बाली ( तागेरानी वा फुंग माँग ) मानी ल्यायेको देबी देउराली लाई मुंधूम फलाकेर, चढ़ायर, मात्र आफ़ुले खानु पर्ने मान्याताका साथ यो पर्बको पुजा अर्चना गरि न्वाङि चढ़ाएर सुरूवात गरिएको थियो । यो पर्वलाई न्वाँगी पूजा पनी भन्ने चलन छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथि, बिशेश अतिथि लगायेत बिभिन्न ब्यक्तिहरुले मुंधूमगत मंतव्य राखेंको थिए । किरात याक्थुङ चुम्लुङ अमेरिकाका अध्यक्ष सुमन थाम्शुहाङ लिम्बुले यो मङ्शिर पूर्णे देखी उधौलि सुरु भयको हुनाले पहाड़, हिमाल तीर अत्यधिक चीसो बढ़ेंर चराचुरूँगी, माछाहरु न्यानो खोज्दै मधेश तिर झर्ने अनि बैशाक पूर्णे देखी फ़ेरी उभौली सुरुहूने मधेसतीर अत्यधिक गर्मीको कारण चराचुरूँगी, माछाहरु उभो माथी पहाड़, हिमाल तीर सर्दैजाने किराति किम्बोदन्ति वा मान्याता पेश गर्नु भयो र भोलि विज्ञानले पनी यी विषय कुराहरूमा खोज अनुसंधान गर्यो भने किरातीहरुको ५०८२ वर्ष पूरानों मान्यता ठुलो र बलियो प्रमाण हूने जीकीर गर्नुभयों । निबर्तमान अद्यक्ष बिरेन्द्र हाङ लाबुङ्को प्रमुख आतिथ्यतामा संपन्न उक्त कार्यक्रम संस्थाका यूवा महासचिव सूर्य लिङ्देन ले सन्चालन गरेका थिय । उक्त कार्यक्रममा बिगत ७/८ वर्ष देखी निरंतर संस्थामा केलांग प्रशिक्षण गराई रहेका सल्लाकार, निबर्तमान उपाद्यक्ष कुबेर वोनेम लाइ सम्मन पत्र प्रदान गरिएको थियो ।