फिल्म रिभेन्ज लवको ट्रेलर सार्वजनिक

- फिल्मको रिलिज डेट पौष १५ ल्होसार का दिन

-


     नेपालय न्युज    
     मंसिर २७ गते २०७९


निर्देशक मन्दिप रानाको तेस्रो फिल्म रिभेन्ज लव फिल्मको ट्रेलर सार्वजनिक भएको छ।

सार्वजनिक ट्रेलरमा केही नयाँ र पुराना कलाकारहरुको अभिनय देख्न पाइन्छ। प्रेममा बदला र समर्पण को कथाबस्तु रहेको निर्देशक मन्दिप राना बताउछन। श्याम शुक्ला फिल्म प्रोडक्सनको प्रस्तुती रहेको यस फिल्ममा एक्सन, कोरीयोग्राफि र निर्देशन मन्दिप रानाको छ। गित नवीन घताने, संगीत देशभक्त सिंह कुँवर, स्वर रजनी राई र बिजय कुमार को रहेको छ । यसैगरी मेकअप मोहन लामा, छायान्कन राहुल राइ, पोस्टर डिजाइन सबिन गायक, सम्पादन नेत्र गुरुङ र अशोक आलेको रहेको छ।

फिल्मका निर्माता नवीन घताने र श्याम शुक्ला फिल्म प्रोडक्सन को छ भने सह-निर्मातामा बिजय कुमार, गीत सुनार र लक्ष्मी सुनारको रहेको छ। चलचित्रका मुख्य कलाकारहरुमा नवीन घताने, देशभक्त सिंह कुँवर, बिजय कुमार, अबिराज बि.सि., अर्जुन गिरि, गीत सुनार, रोशनि सुनैना, सुस्मिता परियार, तुलसा क्षेत्री, लक्ष्मण रोका आदिको रहेको छ। भिडियो श्याम शुक्ला को युटुब च्यानलबाट सार्वजनिक भएको छ। फिल्मको रिलिज डेट पौष १५ ल्होसार का दिन तोकिएको छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com