गठबन्धनको औचित्य सकियो, अब कांग्रेस र एमाले मिल्नुपर्छ : शेरधन

-


     नेपालय न्युज    
     मंसिर १६ गते २०७९


नेकपा एमालेका नेता शेरधन राईले देशलाई स्थायित्व दिन नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउनुपर्ने बताएका छन्।

निर्वाचन परिणामले फेरि पनि देशको लोकप्रिय पार्टी एमाले नै भएको तर्क गर्दै उनले अब दुई ठूला दल मिलेर सरकार बनाउनुपर्ने बताएका हुन्।

‘जतिसुकै महागठबन्धन बनाएर एमालेलाई सिध्याउन खोजिए पनि त्यो अब असम्भव रहेको तथ्य स्थापित भएको छ’, उनले भनेका छन्, ‘अब गठबन्धनको औचित्य समाप्त भएको छ। जनादेशले निर्वाचन परिणामबाट पाठ सिक्दै स्थायी राजनीतिक शक्ति मिलेर अगाडि बढ भनेको छ।’

देशलाई राजनीतिक स्थायित्व, सुशासन विकास र समृद्विको अभियानलाई तीव्रता दिन बलियो र स्थिर सरकार आवश्यक रहेको उनको तर्क छ।

‘सरकार बनाउने र भत्काउने फोहोरी खेल बन्द गर। यो जनादेशलाई आत्मासाथ गर्दै पहिलो र दोश्रो शक्तिको हैसियतमा जनअनुमोदित एमाले र कांग्रेसले तत्काल संवाद किन नथाल्ने?’, उनको तर्क छ, ‘देश र जनताको हित र स्वार्थलाई केन्द्रमा राखेर सहकार्य र प्रतिष्पर्धा किन नगर्ने?’

नेपालखबरबाट

WP2Social Auto Publish Powered By : XYZScripts.com