
वेलिङटन(न्युजिल्याण्ड) । न्युजिल्याण्डले मतदानको उमेर १८ वर्षबाट घटाएर १६ वर्षमा झार्ने निर्णय गर्ने भएको छ ।
यहाँका सांसदले राष्ट्रिय मतदानको उमेर १८ बाट घटाएर १६ वर्षमा झार्ने या नझार्ने भन्ने विषयमा सोमवार मतदान गर्ने भएका छन् । यहाँको सर्वोच्च अदालतले १६देखि १७ वर्ष उमेर समूहका जनसङ्ख्यालाई मतदान गर्न अनुमति नदिने उमेर भेदभावको रुपमा रहेको भन्दै फैसला आएपछि प्रधानमन्त्री जसिन्डा अर्डेनको उक्त घोषणा सार्वजनिक भएको हो ।
उनले आफू व्यक्तिगतरुपमा उमेर घटाउने पक्षमा रहेको बताउँदै त्यसका निम्ति सांसदको बहुमत अर्थात् ७७५ मत आवश्यक पर्छ । उदारवादी लेबर पार्टीकी नेत्री समेह रहेकी उनले मतदानको उमेर परिवर्तन गर्न सांसदको स्पष्ट अभिमत आवश्यक रहेको बताइन् ।
विश्वका धेरै देशले मतदाताको उमेर घटाउने सम्बन्धमा बहस गरिरहेका छन् भने अष्ट्रिया, माल्टा, ब्राजिल, क्युबा र इक्वेडरले १६ वर्षमा नै मतदानको अधिकार दिएका छन् । न्युजिल्याण्डको ‘मेक इट सिक्सटिन’ अभियानका सह- निर्देशक सनत सिंहले अदालतको निर्णयबाट आफू अत्यन्त उत्साहित भएको बताउँदै आजको दिन आफ्नो अभियानका निम्ति मात्र नभई देशका लागिसमेत ऐतिहासिक भएको बताएका छन् । एजेन्सी