
अमेरिकाको रिपब्लिकन पार्टीले भर्खरै सम्पन्न मध्यावधि निर्वाचनमा अमेरिकी संसदको तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ’मा आफ्नो प्रभुत्व कायम गरेको छ । यस चुनावमा रिपब्लिकन पार्टीले प्रतिनिधि सभामा २१८ सिट प्राप्त गरेको हो ।
यस निर्वाचनमा अमेरिकी सिनेटमा र तल्लो सदन का सबै सिटका लागि दुई दलबीच कडा संघर्ष भएको थियो । सिनेटका सदस्यको पदावधि छ वर्ष र प्रतिनिधिसभाका सदस्यको कार्यकाल दुई वर्षको हुन्छ ।
रिपब्लिकन पार्टीले सिनेटदेखि प्रतिनिधि सभासम्म दुवै सदनमा राम्रो सफलता पाउने आशा राखेको छ । तर त्यसो हुन सकेन र सिनेटमा डेमोक्रेटिक पार्टीले बहुमत ल्यायो । यद्यपि, तल्लो सदनमा रिपब्लिकन पार्टीको बहुमत भएकाले बाइडेन प्रशासनका लागि कानुन पारित गर्न चुनौती हुनेछ।
चुनावको नतिजा आएपछि राष्ट्रपति जो बाइडेनले रिपब्लिकन पार्टीलाई प्रतिनिधि सभामा बहुमत प्राप्त गरेकोमा बधाई दिएका छन् । उनले भनेका छन्, ‘हाउस अफ रिप्रिजेन्टेटिभमा बहुमत हासिल गरेकोमा रिपब्लिकन पार्टीका नेता केभिन म्याकार्थीलाई बधाई दिन्छु । म रिपब्लिकन नेताहरूसँग काम गरेर मध्यम-वर्गीय परिवारहरूको लागि परिणामहरू प्रदान गर्न तत्पर छु। म रिपब्लिकन वा डेमोक्रेट जो कोहीसँग पनि उनीहरूको हितमा काम गर्न तयार छु।’
एजेन्सी