
इस्लामावाद (पाकिस्तान) । पाकिस्तानमा पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । स्वतन्त्रता र्याली चलाइरहेका पीटीआई दलका नेता खानमाथि ज्यान मार्ने दाउ गर्दै हमला भएको हो ।
प्रधानमन्त्री शहबाज शरिफको सरकार विरुद्ध खानले लाहौरदेखि इस्लामावादसम्म पछिल्लो कयौं दिनदेखि र्याली निकालिरहेका छन् । यसैबीच बिहीवार गुंजरावाला नजिक उनीमाथि गोली प्रहार गरिएको हो ।
यस हमलामा एक व्यक्तिको मृत्यु भएको र अन्य तीन जना घाइते भएको बताइएको छ । यस हमलामा खान नजिक मानिएका नेता फैसल जावेद पनि घाइते भएका छन् । पूुर्व प्रधानमन्त्री खानको भने खुट्टामा गोली लागेको बताइएको छ ।
यस घटनाको विस्तृत जानकारीहरू आइसकेका छैनन् । संसदमा खान विरुद्ध अविश्वासको मत आएपछि शरिफ प्रधानमन्त्री बनेका थिए । हमला गर्ने व्यक्तिको साथमा एके–४७ राइफल रहेको थियो । हमला गर्ने व्यक्तिलाई प्रहरीले हिरासतमा लगिसकेको छ ।
खानले विगत कयौं दिनदेखि सेना, आईएसआई र सरकारविरुद्ध प्रदर्शन चर्काएका छन् । एजेन्सी