आउदै गरेको स्टेट निर्वाचनमा लगं आइलैंडमा बसोबास गर्ने नेपाली समुदायको सक्रियता

-


     नेपालय न्युज    
     कार्तिक १२ गते २०७९


आउदै गरेको स्टेटको निर्वाचनको लागि लगं आइलैंड न्यूयोर्कमा बसोबास गर्ने नेपाली समुदायले निर्वाचनमा सक्रियता पूर्वक लागेका छन् । लग आइलैंड मा बसोबास गर्ने नेपालीहरू स्थानीय डिस्ट्रिक्ट १५ का असेम्बली का रिपब्लिकन पार्टीका उम्मीदवार jake Blumencranz लाइ जिताउन आब्हान गर्दै एक कार्यक्रम बिच ती उम्मीदवार लाइ स्वागत ,अभिनन्दन र इन्डोर्स समेत गरेका छन् ।

नेपाली कांग्रेसका पूर्व महासमिती सदस्य, समाजसेवी, एन आर एन अमेरिका का सल्लाहाकार वेद प्रसाद खरेलको अगुवाई र आव्हानमा उहॉकै घर हिक्सभिलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
नेपालीहरूको महान चार्ड तिहारको अवसरमा नाचिएको देउसी भैलो कार्यक्रममा समेत ती उम्मीदवार छमछमी नाचेका थिए ।
कार्यक्रममा नेपाली टोपी लगाएर ती उम्मीदवार जेक… लाइ वेद प्रसाद खरेल ले स्वागत गर्नु भएको थियो भने एन. आर एन अमेरिका का बोर्ड अफ डायरेक्टर बिश्व बास्तोला, समता गोलोवल सिनेटका बरिष्ट उप सभापति टिका ढकाल,लगं आइलैंड नेपाली समाजका अध्यक्ष वसन्त चापागाइ , लगं आइलैंड नेपाली समाजका महासचिव बावुराम शर्मा, समाजसेवी यादव बास्तोला , समाजसेवी शंकर भण्डारी, समाजसेवी एक राज गौतम, समाजसेवी केदार कट्टेल, समाजसेवी नरेन्द्र सुवेदी,युवाको तर्फ बाट विकाश खरेल , सुनीता खनाल पौडेल ले नेपाली समुदायको अवस्था र असेम्बलीमा जितें पछि नेपाली समुदाय लाइ गर्नु पर्ने कामहरूको ब्याख्या गर्दै स्वागत गर्नु भएको थियो ।
-लग आइलैंड मा यसरी पहिलो पटक नेपाली समुदाय सक्रिय र संगठित भएर स्थानीय चुनावमा लागेको पहिलो पटक हो । नेपाली समाजका अगुवा वेद प्रसाद खरेल लग आइलैंड सरे पछि अहिले लगं आइलैंड को नेपाली समाज लाइ स्थानीय सरकारी निकाय संग होस् त राज्य स्तरीय राजनीतिक पार्टी संग जोड्ने काम तीव्र भएको कुरा समाज सेवी बिश्व वास्तोला बताउनु हुन्छ ।
यो लगं आइलैंड नेपाली समाज बनेको १२-१५ बर्ष भयो हामी कुवाँको भ्याकुतो जस्तै दशै तिहार कार्यक्रम गरेर बस्थ्यौ ।वेद प्रसाद खरेल सर ले घर किनेर लग आइलैंड सर्नु भए पछि नेपाल समाज ले भिन्न रूप लिएको छ । समाज अहिले स्थानीय सरकारका बीचमा परिचित भएको छ । उनिहरू ( यहाँको निर्वाचित नगर टाउनले) आयोजना गरेका कार्यक्रम मा हाम्रो भाषा , पहिचान र संस्कृति को प्रदर्शन र प्रस्तुत गर्ने र अमेरिकन समाजमा नेपाली समाजको ब्याख्या गर्ने अवसर प्राप्त भएको छ । खरेल सरको अगुवाई मा हामी अव यहाँको मुलघारको राजनीति र सरकारी निकायमा पहुँच बनाउने तर्फ लागेका छौ भन्छन् लगं आइलैंड नेपाली समाजका महासचिव बावुराम शर्मा
हामी जव यही बस्ने भए पछि हाम्रो पहुँच स्थानीय सरकार , राज्य सरकार र त्यसका अंग हुनु पर्यो नि । नेपाली नेपाली बिच मात्र संस्थालाइ चलाएर , कर्मकाण्डी पारामा नेपाली नेपाली बिच दाँत बजाएर नेपाली समुदायको उन्नति प्रगति नहुने भन्दै खरेलले भने जव सम्म यहाँ को सरकारी स्तर मा हाम्रो पहुँच हुन्न तव सम्म हामी नेपाली के स्तरोन्तरी हुदै । सरकारी निकाय बाट पाउने सुविधा पाइदैन र यो देशको मुलघारमा हाम्रो पहुँच पुग्दैन भने हामी सधै पछाडी परिन्छ । मैले नेपाली समुदाय लाइ यहाँको मुलघारको राजनीति र सरकारी अंग संग जोडेर हामी र हाम्रा पुस्ता ले यहाँ केही गर्ने बातावरण मात्र बनाउन पहल गरेको हु भन्छन् ।
किन त रिपब्लिकन लाइ भन्ने प्रस्नको उत्तरमा खरेल भन्छ स्थानीय स्तरमा स्न्पाली समुदायको थानीय मुद्दा लाइ सहयोग र समर्थन गर्ने लाइ सहयोग गरियो भने पो उनिहरू बाट हाम्रो समुदाय लाइ सहयोग हुन्छ । जेक नेपाली समुदाय चिन्छन्, हाम्रा आवस्यकताहरू बारे जानकार छन् र हामी सग सहकार्य गरेर अगाड़ी बड्न पंक्तिबद्ध छन् ।यो अवस्था हामी लाइ बुझेको , चिनेको र हामीले पनि जानेको मानिस नै उम्मीदवार भए पछि र सहयोग माग्न आए पछि चिन्दै न चिनेका, हाम्रो समुदाय संग पहिचान न भएको उम्मीदवार कता खोज्न जानु ? आम लगं आइलैंड वासी नेपालीको हितका लागि यस पटक चिन्दै नचिनेका हाम्रा लाइ भन्दा नेपाली र यो समुदाय चिनेका राम्रा
Republican jake Blumencranz लाइ समर्थन गरियो ।
-खरेल जी आए पछि लग आइलैंड नेपाली समाज अहिले स्थानीय सरकार र त्यसका अंगना पहुँच पुगेको छ । स्थानीय सरकार रूपी टाउनले आयोजना गर्ने कार्यक्रमहरूमा हाम्रो नेपाल राष्ट्रीय गान गाउने , हाम्रो सहभागिता हुने र हाम्रा कार्यक्रममा स्थानीय सरकारी मेयर र अन्य पदाधिकारी आउने काम भएका छन् यी र यस्ता स्थानीय सरकार लाइ लगं आइलैंड नेपाली समाज संग जोड्ने काम पहिला भएका थिएनन् भन्छन् लगं आइलैंड निवासी समाजसेवी शंकर भण्डारी ।
-jake Blumencranz for Assembly जिताउ सहयोग अभियान युवा समितीको संयोजकमा बिशाल रेग्मी , पारस खरेल , शुमन बास्तोला ,सुनीता खनाल पौडेल र प्रकृति पौडेल

WP2Social Auto Publish Powered By : XYZScripts.com