बिशाल सहकारीको साधारण सभा

-


     नेपालय न्युज    
     असाेज २९ गते २०७९


पोखरा २९ असोज ।
पोखरा ४ महेन्द्रपुलमा रहेको बिशाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३ अौ साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभामा वोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले सहकारी भनेको सहकार्य रहेको बताउदै सहकारीको मेरूदण्ड भनेको शेयर सदस्य रहेको बताए । तिवारीले सहकारी अभियानमा बिशाल सहकारीले साथ दिदै आएकोमा धन्यवाद समेत दिएका थिए ।
कार्यक्रममा सहकारीका वरीष्ठ सल्लाहकार तथा गरिमा बैकका सिईअो गोविन्द प्रसाद ढकालले विश्व अर्थतन्त्रमा देखिएको ब्याज वृद्वीको असर नेपालमा पर्ने बताउदै यस तर्फ सवैको ध्यान जानु जरूरी रहेको बताए । पोखरा महानगरपालिका सहकारी समितिका सदस्य तथा जिल्ला सहकारीका राष्टिय प्रतिनिधि दिपक प्रसाद आचार्यले सहकारीका सदस्यहरूले सहकारीका कमीकमजोरीहरू आैल्याउनुपर्ने बताउदै त्यसले गर्दा सहकारीले सही बाटो लिने बताए । कार्यक्रममा बुद्व बिशाल बजार ब्यापारिक एशोसियसनका अध्यक्ष केशबवहादुर खत्रीले बुद्व बिशाल बजार भित्र रहेको बिशाल सहकारीले बिशाल बजार भित्र सामाजिक उतरदायित्वका कामहरू गरिरहेकोमा प्रशशा गर्दे सहकारीसँग सहकार्य गर्दे एशोसियसन अगाडि बढ्ने बताए । कार्यक्रममा राष्टिय सहकारी बैकका प्रवन्धक नरेश पाण्डे कास्की बचतका कोषाध्यक्ष शेर बहादुर कार्की,नेफस्कुनका शाखा प्रमुख यमकला पौडेल,ईन्जिनियर आनन्द सापकोटा लगाएतले बोलेका थिए ।
सहकारीका उपाध्यक्ष शिव शर्माले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा सहकारीका शिक्षा उपसमितिका संयोजक प्रदिप कुमार मुल्मीले सहकारीका सात सिद्दान्त पढेर सुनाएका थिए । कार्यक्रममा सहकारीका कर्मचारीहरू मध्य सन्दिप बराललाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरीएको थियो ।त्यसै गरी सहकारीमा उत्कृष्ट कारोवार गर्ने शेयर सदस्य,उत्कृष्ट बचतकर्ता त्यसैगरी शेयर सदस्यका छोरा छोरीहरु मध्य प्लस टु मा,स्नातक,स्नातकोत्तर उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई सम्मान गरीएको थियो । सहकारीका अध्यक्ष भुवन नेम्कुलको अध्यक्षतामा भएको उक्त कार्यक्रम सहकारीका सचिव तारादेवी पराजुली सिग्देलले सन्चालन गरेकी थिईन् ।

WP2Social Auto Publish Powered By : XYZScripts.com