अमेरिका : उत्तर क्यारोलिनामा गोली चल्याे, ५ काे मृत्यु

-


     नेपालय न्युज    
     असाेज २८ गते २०७९


अमेरिकाको उत्तर क्यारोलिनामा बिहीबार भएको गोलीकाण्डमा पाँच जनाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार मृत्यु हुनेमा एक प्रहरी अधिकारी पनि छन् । समाचार अनुसार घटना स्थानीय समय अनुसार साँझ ५ बजे भएको हो ।

उत्तरी क्यारोलिनाका मेयर मेरी एन बाल्डविनले गोलीबारीमा अन्य दुई जना पनि घाइते भएको बताए, जसमध्ये एक प्रहरी अधिकारी छन् । मेयरले घटनाको बारेमा थप विवरण दिएनन् तर भने, ‘हामीले अमेरिकामा यस्ता खालका पागल हिंसा रोक्नु पर्छ ।’

संदिग्ध आक्रमणकारी एक श्वेत किशोर भएको मानिन्छ र उनले लामो बन्दुकले गोली चलाएका थिए । ती व्यक्तिबाहेक अरु कसैलाई पनि पक्राउ गरिएको छैन ।

एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com