बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको दशै तिहार लक्षित उपहार योजना अन्तरगत असोज महिनाका विजेता घोषणा

-


     नेपालय न्युज    
     असाेज २८ गते २०७९


पोखरा ।
पोखराको बुद्ध विशाल बजार व्यापारिक एशोसियसनले नेपालीहरुका चाडपर्व दशैँ तिहारलाई लक्ष्य गरेर ल्याएको ‘दशैँ तिहार उपहारै उपहारको बहार’ उपहार योजना अन्तरगत असोज महिनाको मासिक विजेताहरु छानिएका छन् ।
बुद्ध विशाल बजार व्यापारिक एशोसिएसनको कार्यालयमा बुधबार एशोसिएसनको कार्य समितिले फेसबुक लाईभबाट मासिक उपहार विजेता छनोट कार्यक्रम गरि बिजेता टिकट नम्मरहरु सार्वजनिक गरेको हो । मासिक विशेष उपहार अन्तरगत ५ हजारको सपिङ भौचर बिजेता टिकट नम्वरहरुमा ५८५९,७८३३५,२३८१७,३१०२५ रहेका छन् । कार्यक्रममा बुद्ध विशाल बजार व्यापारिक एशोसिएसनका अध्यक्ष केशवबहादुर खत्रीले लक्की ड्र मार्फत् बिजेता घोषणा गरेका थिए ।
एशोसिएसनका अध्यक्ष केशवबहादुर खत्रीले उपहार कार्यक्रममा प्रथम पुरस्कार स्कुटर, दोस्रो उपहार ४३ इन्चको स्मार्ट टेलिभिजन र तृतीय पुरस्कार स्मार्ट फोन १५ हजार बराबरको ३ जनालाई प्रदान गरिने बताए । उनका अनुसार बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन भित्रका कुनै पनि पसलबाट ५ सयको समान खरिद गर्दा एउटा उपहार कुपन र १५ सय भन्दा बढीको खरिद गर्दा २ वटा उपहार कुपन उपलब्ध गराइनेछ । मासिक विशेष उपहार सपिङ भौचर ५ हजार बराबरको ४ जनालाई लक्की ड्र मार्फत् उपलब्ध गराइने संस्थाका कोषाध्यक्ष तथा उपहार कार्यक्रमका संयोजक थमनसिंह गुरुङले जानकारी दिए ।
बुद्ध विशाल बजार व्यापारिक एशोसिएसनका उपाध्यक्ष ईन्द्रराज अर्यालका अनुसार उपहार कार्यक्रम साउन १ गतेदेखि पाँच महिनासम्म सञ्चालन हुनेछ । चाडपर्वका अवसरमा विगतदेखि नै विभिन्न उपहार योजनामार्फत ग्राहक आकर्षित गर्दै आएको एशोसिएसनले यस वर्ष धेरै भन्दा धेरै ग्राहकलाई समेटन ‘दशैँ तिहार उपहारै उपहारको बहार’ उपहार योजना ल्याएको एशोसिएसनका महासचिव बुद्धिबहादुर कुँवर बताए ।
बुद्ध विशाल बजारभित्र करिव दुईसय सटरमा फेन्सी, कस्मेटिक, जुत्ता चप्पल, वित्तीय संस्था, रेष्टुरेन्ट, सारी तथा कुर्ता लगायतका पसल सञ्चालनमा छन् ।

WP2Social Auto Publish Powered By : XYZScripts.com