विद्यार्थीले काम गर्ने समय घटाउँदै अष्ट्रेलिया

-


     नेपालय न्युज    
     असाेज २७ गते २०७९


सिड्नी (अष्ट्रेलिया) । अष्ट्रेलियाले छिट्टै अन्तरराष्ट्रिय विद्यार्थीहरुले काम गर्न पाउने समय (घन्टा) सीमित बनाउने भएको छ ।

सन् २०२३ को जुन ३० मा विद्यार्थी भिसाको लागि असीमित काम गर्ने अधिकार अन्त्य हुँदैछ । सन् २०२३ को जुलाईदेखि विदेशी विद्यार्थीहरुका लागि काम गर्ने समय (घन्टा) मा पुनः सीमा लगाउन लागिएको अष्ट्रेलियाको सरकारले एक विज्ञप्तिमा भनेको छ । काम र पढाईबीच सही सन्तुलन बनाउन कसरी सकिन्छ भन्ने धारणाका आधारमा काम गर्न सकिने घन्टा तोकिने पनि विज्ञप्तिमा भनिएको छ ।

सन् २०२२ को जनवरीमा अष्ट्रेलियाको सरकारले कार्यबलमा उत्पन्न अभावलाई सम्बोधन गर्न विद्यार्थी भिसाबाहकका लागि काम गर्ने समयमा लगाएको सीमा अस्थायी रुपमा खुकुलो बनाएको थियो । त्यसो गर्नुअघि भने विदेशी विद्यार्थीहरुले १५ दिनमा ४० घन्टा मात्रै काम गर्न पाउँथे । गएको महीना अष्ट्रेलियाले दक्ष कर्मचारी अभाव भएको उद्योगका लागि भने विदेशी विद्यार्थीहरुको अध्ययन पछि काम गर्न पाउने समयावधि लम्ब्याउने घोषणा गरेको थियो ।

यो घोषणा लागू भएपछि स्नातक तहको अध्ययन पूरा गरेका विदेशी विद्यार्थीहरुले ४ वर्ष, स्नाकोत्तर तहको अध्ययन पूरा गरेका विदेशी विद्यार्थीहरुले ५ वर्ष र विद्यावारिधी तहको पढाई पूरा गरेका विद्यार्थीहरुले अष्ट्रेलियामा ६ वर्ष बसेर काम गर्न पाउनेछन् । अहिले चाँहि यो समय क्रमशः २ वर्ष, ३ वर्ष र ४ वर्ष रहेको छ ।

यो नियममा कुन – कुन क्षेत्रको डिग्रीलाई समावेश गर्ने भन्ने घोषणा भइसकेको छैन । तर समाचारहरुका अनुसार नर्सिङ, इञ्जिनियरिङ र आईटीका विद्यार्थीहरुलाई शीर्ष प्राथमिकतामा राखिने छ । एजेन्सीह

WP2Social Auto Publish Powered By : XYZScripts.com