
नेपाली कांग्रेसबाट यस पटक टिकट नपाएका अमरेशकुमार सिंहले सर्लाही–४ मा स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनलाई निर्वाचन आयोगले माछा चुनाव चिह्न प्रदान गरेको छ ।
सर्लाही–४ मा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति नागेन्द्रकुमार राय उम्मेदवार बनेका छन् । सो क्षेत्रमा एमाले–जसपा गठबन्धनबाट जसपाका राकेशकुमार मिश्र उम्मेदवार छन् ।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा सो क्षेत्रबाट अमरेशकुमार सिंह निर्वाचित भएका थिए । त्यतिबेला उनी कांग्रेसबाटै उम्मेदवार भए पनि आन्तरिक गुटबन्दीका कारण उनी यो पटक पार्टीबाट टिकट पाउन वञ्चित भएका हुन् ।