
अछाम क्षेत्र नम्बर १ का लागि स्थानीय कमिटीबाट एकल सिफारिस भएका नेता भीम रावललाई नेकपा एमालेले टिकट दिएन।
एमालेले अछाम क्षेत्र नम्बर १ मा जित्दै आएका रावललाई टिकट नदिएर माओवादीबाट आएका झपट बोहोरालाई प्रतिनिधिसभाका लागि उम्मेदवार बनाउने भएको छ।
दशौँ महाधिवेशनमा आफूलाई चुनौती दिएदेखि रुष्ट बनेका अध्यक्ष केपी शर्मा ओलीले रावलको टिकट खोसिदिएका हुन्।
स्थानीय कमिटीबाट एकल सिफारिस भएका अन्य नेताहरुले भने एमालेको टिकट पाएका छन्। तर ओलीलाई चुनौती दिएर संसदमा समेत संसदीय दलको ह्विपविपरीत बोल्दै आएका रावललाई एमालेले टिकट नदिएको हो।
तत्कालीन अवस्थामा माधव नेपालसँग रहेर ओलीविरुद्ध आन्दोलन छेडेका १० भाइमध्ये एक रावलसँग ओलीको सम्बन्ध अहिले पनि राम्रो छैन। ओलीले आफूसँग प्रतिस्पर्धा गर्न उत्रिएकै आधारमा प्रतिशोध साँधेर टिकट नदिएको रावलनिकटहरुले बताएका छन्।
एजेन्सी