
फ्रान्सेली लेखिका एनी एनोक्सलाई सन् २०२२ को साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ ।
एनी एनोक्सले भनिन्, “लेखन एउटा राजनीतिक कार्य हो, जसले सामाजिक असमानता हेर्नको लागि हाम्रो आँखा खोल्छ।” लेखिका एनी एनोक्सको जन्म सन् १९४० मा भएको थियो । उनी नर्मन्डीको सानो शहर यभेटमा हुर्किएकी थिइन्। यहाँ उनका आमाबाबुले किराना पसल र क्याफे चलाउँथे।
गत वर्ष तान्जानियाका उपन्यासकार अब्दुलराजक गुर्नहलाई साहित्यको नोबेल पुरस्कार प्रदान गरिएको थियो। स्वीडिश एकेडेमीले नोबेल पुरस्कार विजेतालाई 10 मिलियन स्वीडिश क्राउन दिन्छ, जुन लगभग 1.2 मिलियन डलर बराबर हो।
एजेन्सी