
न्युयोर्कः आज जिपी कोईराला फाउन्डेशन अमेरिकाको कार्यालय उडसाईड, न्युयोर्कमा भुटानी अमेरिकन स्वतन्त्रता एवं मानव अधिकारवादी नेता श्री सुरज बुढाथोकी र फाउन्डेशनका पदाधिकारीबीच सौहार्दपूर्ण भेटघाट एवं छलफल भयो।
वहाँलाई फाउन्डेशनका अध्यक्ष श्री सोमनाथ घिमीरेले खादालगाई कार्यालयमा स्वागत गर्नुभएको थियो। सो अवसरमा फाउन्डेशनका उपाध्यक्ष सुवर्ण लामा, प्रवक्ता रामचन्द्र अधिकारी, कार्यसमिति सदस्य सुर्य सिंखडा र समाजसेवी लव थापा मगरको उपस्थिति रहेको थियो।
सो भेटघाटको अवसरमा वोल्दै नेता बुढाथोकीले आफुहरूले अमेरीकावासी भुटानीहरूलाई भुटानको भुमीसँगका भौतीक एवं सामाजिक रसाँस्कृतीक पक्षहरूसँग जोड्न लागीपरेको र भुटानका शासकहरूलाई खोसीएका अधिकारहरू अबिलम्ब फिर्ता गराउन शान्तीपुर्णआवाज बुलन्द पारेको र सो कार्यमा फाउन्डेशन अमेरीका च्याप्टरको साथ र सहयोगको उच्च प्रशंसा गर्नुभयो । वहाँलाई स्वागत गर्दैफाउन्डेशनका अध्यक्ष घिमीरेले नेपालीभाषी भुटानीहरूलाई त्यहाँको सरकारले हिजाका दिनमा गरेको व्यवहारको आज आएर त्योघाउलाई बल्जाउनु भन्दा भुटानमा शान्ति र मेलमिलापको वाताबरण सृजना गर्न संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रीय मंचहरूमाआफुहरूले आवाज बुलन्द पारेको कुरामा जोड दिँदै आगामी दिनहरुमा भुटान सरकार र भुटानी डायस्पोरा बीच रहेको आपसीअसमझदारीको खाडल कम गर्र्न शान्ति र मेलमिलाप का लागी हातेमालो गर्दै अगाडी बढने विश्वास दिलाउनुभयो।
यसैगरी उपाध्यक्ष लामाले आफुहरू सधैं न्याय र मानवाधिकारको पक्षमा लडीरहने र भुटानीको पीडामा सक्दो सहयोग गर्ने विश्वासदिलाउनुभयो। प्रवक्ता अधिकारीले भुटान अव विश्व समुदायसामु चिर-परिचित भैसकेको र हरेक नेपालीभाषी भुटानी र नेपालीवीचभाईचाराको सम्बन्ध भएकोहुँदा आफुहरूले प्रवासबाट आत्मादेखीनै सहयोग गरीरहेको वताउनुभयो। कार्यसमिति सदस्य सुर्य सिंखडालेहामी नेपाली र भुटानी नभै आपसमा आईपर्ने समस्याको मिलेर सामना गर्दै अगाडी बढ्नुपर्ने कुरामा जोड़ दिनुभयो। यसैगरी समाजसेवीदुर्लभ थापा मगरले आज विश्वभर छरीएर रहेका सम्पूर्ण भुटानी समुदायको न्युनतम हकअधिकाबाट समेत भुटान सरकारले वंचीतगरेकोमा दुख व्यक्त गर्दै आगामी दिनमा अविलम्ब सोको प्रत्याभुतीको जोडदार माग गर्नुभयो ।
स्मरण रहोस् चालु संयुक्त राष्ट्रसंघमहासभा लक्षित गरी भुटानी समुदायको हकहितका खातीर आजै १ वृहत एवं शान्तीपुर्ण र्याली प्रदर्शनगरीएको थियो र सो कार्यक्रमलाई जिपी कोईराला फाउन्डेशन लगायतका विभीन्न ६ वटा संस्थाहरूले भौतीक उपस्थितिका साथ सहयोग गरेका थिए।