४० वर्षअघि थालिएको थाक खानेपानी आयोजना सुचारु गर्न तिवारीको अध्यक्षतामा समिति गठन

-


     नेपालय न्युज    
     असाेज २ गते २०७९


पोखरा ।

कास्कीका पूर्वी ३ गाविसका जनताका घरमा खानेपानी पु¥याउन ४० वर्षअघि थाक खानेपानी आयोजना सुरु भएको थियो । ४० वर्षअघि पञ्चायतकालमै थालिएको त्यो आयोजनामा अहिलेसम्म पौने अर्ब खर्च भइसकेको छ । तर जनताका घरमा पानी पुगेको छैन ।

२०४२ सालमा कास्कीको मादी र रुपाका केही वडा र पोखरा महानगरका २८ र ३१ नम्बर वडाका बासिन्दालाई लक्ष्य गरेर सुरु थाक खानोपानी आयोजना ४० वर्षसम्म अलपत्र परेको छ । आयोजना फेरि सञ्चालन गर्न २५ करोड रुपैयाँ आवश्यक रहेको थाक खोला सञ्चालन समितिको प्रारम्भिक अनुमान रहेकाे पोखरा २८ का अध्यक्ष श्रीकृष्ण लामिछानेले जानकारी दिएका छन् ।

गण्डकी प्रदेश सरकारले एक घर एक धाराको अवधारणा ल्यायो । तर, प्रदेश सरकारको रुपा, मादी र पोखरा महानगरपालिकाका केही वडामा अझै छुन सकेन । एक गाग्री पानी लिन जाँदा घन्टै हिँडेर जानुपर्ने बाध्यता छ । पहाडी भूभाग भएकाले पानीको स्रोत कम भएकाले महानगर प्रदेश जताततै गुहार्दा पनि पानी पिउन त्यहाँका नागरिकले पाएका छैनन् ।

पोखराको उच्च भाग पोखरा २८ को कालिका, सौरे, मादी ५, १२ वडा र रुपा गाउँपालिकाको ७ नम्बर वडा लगायत पहाडी भूभागलाई लक्ष्य गरेर तत्कालीन राजा वीरेन्द्रका पालामा थाक खानेपानी सुरु भएको थियो । आयोजना सुरु भएपछि २०५७/५८ सालतिर दुई वर्ष पानी आए पनि यसपछि थाक खानेपानी यति प्रभावकारी भएको छैन । यहाँका जनताले पानी खान घन्टौंसम्म हिँड्नुपर्ने अवस्था छ । प्रत्येक चुनावमा पानी नेताहरुले उपलब्ध गराइदिन भने पनि कुनै नेताले प्रभावकारी काम गर्न सकेका छैन ।

संघीयता लागु भएपछि उक्त योजना अहिले प्रदेश सरकारको मातहतमा छ । तर, एउटै योजनाका लागि २५ करोड रुपैयाँभन्दा बढी बजेट आवश्यक पर्ने भएपछि प्रदेश सरकारले यहाँका नागरिकलाई पानी खुवाउन दीर्घकालीन काम गर्न सकेको छैन । यहाँका नागरिकलाई नेताहरुले भुटो आश्वासन मात्र बाढेका छन् ।

थाक खानेपानी आयोजनाको बारेमा बृहत् छलफल गर्नेकाे लागी आज राखिएकाे भेलामा पोखरा महानगरपालिका २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछाने पोखरा महानगरपालिका ३१ का वडा अध्यक्ष ढकनाथ कँडेल पोखरा महानगरपालिका २६ का वडा सदस्य सुदीपराज ढुङगना  रुपा गाउपालिका ७ का वडा अध्यक्ष कृष्ण सुवेदी लगाएतले विभिनन सुजाव दिएका थिए ।

यसै बिच थाक खानेपानी आयोजना सञ्चालन गर्न समिति गठन भएको छ । माझठाना निवासी सीताराम तिवारीको अध्यक्षतामा ७ सदस्यीय समिति  गठन भएको पोखरा २८ का अध्यक्ष श्रीकृष्ण लामिछानेले जानकारी दिए । उनका अनुसार समितिले सरकारसँग खानेपानी अभाव हुन नदिन र पुन थाक खानेपानी सञ्चालन गर्न केन्द्र सरकारसँग आवश्यक बजेट माग्ने र आगामी काम गर्न समिति गठन गरिएको हो ।

आयोजना सुचारु गर्न कम्तीमा २५ करोड आवश्यक पर्ने समितिले औंल्याएको लामिछानेले बताए । उनले भने, ‘थाक खानेपानी अभाव भएका २५ सय घरधुरी छन् । यहाँको मुख्य समस्या पानी हो । एक गाग्री पानी लिन जाँदा दिन बित्छ । तर, वर्षांैदेखि सुरु भएको आयोजना सञ्चालन गर्न सरकारले पहल नगर्दा हामी जनप्रतिनिधि एकदमै आलोचित भयौं । यस कारण आयोजना पुन सुचारु गर्न समिति गठन गरेको हौं ।’जसको उपाध्यक्ष इश्वर राज भण्डारी(पोखरा २६),सचीव बाबुराम तिवारी(पोखरा२८) ,सहसचिव श्रीराम कंडेल(पोखरा ३१),कोषाध्यक्ष दुर्गा गौतम(मादी ५),सदस्य शिव राज भाट(पोखरा २६) र रमा बि.क.(पोखरा २८)चयन भएका छन।

WP2Social Auto Publish Powered By : XYZScripts.com