नगर प्रहरीलाई मेयर बालेन्द्रको निर्देशन : गलत काम नगर्नू, पाप धुरीबाट कराउँछ भन्ने ख्याल गर्नू

-


     नेपालय न्युज    
     भाद्र २७ गते २०७९


काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नगर प्रहरीलाई गलत काम नगर्न सुझाव दिएका छन्।

सोमवार भएको एक कार्यक्रममा उनले नगर प्रहरीलाई सम्बोधन गर्दै यस्तो सुझाव दिएका हुन्। मेयर शाहले विगतका कमजोरी सच्याउँदै इमान्दारीसाथ काम गर्न पनि नगर प्रहरीलाई आग्रह गरेका छन्।

‘विगतमा भएका गल्ती सच्याउँदै अघि बढ्दा राम्रो हुन्छ। गलत काम गरेर, पैसा कमाएर मान्छेलाई सुख हुँदैन भन्ने देखिसक्नु भएको छ’, उनले भने, ‘हामी हिन्दु र बौद्ध धर्म मान्नेहरू छौँ। त्यसैले हामी धर्म र पापमा विश्वास गर्छौँ’, उनले भने, ‘गलत गरेर कमाएको धन कमाएर अर्थ छैन। पाप धुरीबाट कराउँछ भन्ने कुरालाई मनन गरेर आचरण सुधार्नुस्।’

मेयर शाहले नगर प्रहरीलाई नियमित शारीरिक अभ्यास गराउन पनि प्रमुख राजुनाथ पाण्डेलाई निर्देशन दिएका छन्।

शाहले प्रहरी संस्था सबै बराबर हुने तर्क गर्दै नगर प्रहरीलाई पनि त्यहीअनुसारको बनाउने योजना पनि निर्देशनका क्रममा सुनाएका छन्।

नेपालखबर

WP2Social Auto Publish Powered By : XYZScripts.com