पोखरा उद्योग बाणिज्य संघको निर्वाचनः महासचिवमा केशब बहादुर खत्री बलियो

-


     नेपालय न्युज    
     भाद्र २३ गते २०७९


अध्यक्ष केशब बहादुर खत्री

पोखरा ।
यही भदौ २४ र २५ गते पोखरा उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागी हुन गईरहेको निर्वाचनको माहोल तातिदै गैरहेको बेला संघको नयाँ नेतृत्वका लागी अर्जुन पोखरेलको प्यानलबाट महासचिव पदमा उम्मेद्वारी दिएका केशब बहादुर खत्रीको जित सुनिश्चित रहेको व्यवसायीहरुले बताउन थालेका छन् ।
पोखरामा मात्रै नभएर कास्कीका व्यवसायी र समाजसेवीको रुपमा परिचय बनाएका महासचिव पदका उम्मेदवार केशब बहादुर खत्रीले पोखरा क्षेत्रको उद्योग व्यवसायलाई संरक्षण र सम्वद्र्धन गर्न, लघु तथा घरेलु उद्योगहरुको प्रवद्र्धन गर्न सक्षयम र जुझारु नेतृत्वको आवश्यकता भएकाले आफ्नो उमेद्वारी आएको बताएका छन् । महासचिव उम्मेदवार खत्रीले करदाता शिक्षा र हेल्प डेस्क, घरबेटी र व्यवसायी बिच देखिने समस्या समाधान, कोरोना माहामारीका कारण समस्यामा परेका सबैखाले व्यवसायीको संरक्षण गरिने समेत बताए । उद्योगी व्यसायीहरुको हकहित तथा समग्र पोखराको उद्योग व्यवसायको प्रवद्र्धन गर्न आफ्नो उम्मेदवारी भएको खत्री वताउँछन् । ‘पोखरा उद्योग वाणिज्य संघलाई नयाँ ढंगले लैजानु आवश्यक छ ।

खत्री भन्छन्,‘ब्यवसायी साथीहरुको हकहितको लागी आफुले जस्तोसुकै मुल्य पनि चुकाउन तयार रहेको र उद्योगी व्यवसायीहरुको भावना अनुसार आफूले महासचिवमा उम्मेदवारी घोषणा गरेको बताउछन् ।

पोखरामा दुई दशक भन्दा बढीको व्यापारिक अनुभव र पोखराको ब्यापार व्यवसायको प्रबर्दन गर्न लागिपर्ने खत्रीको पोखराको बुद्ध विशाल बजारमा कुशल फेन्सीको नामबाट व्यवसाय संचालन गर्दै आएका छन् । पोखरा उद्योग बाणिज्य संघको यसअघिको कार्यकालमा उपमहासचिव रहेका खत्री बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका अध्यक्ष तथा फेन्सी तथा रेडिमेड व्यवसायी संघका पुर्व अध्यक्ष लगाएत विभिन्न संघ संस्थामा आवद्दता जनाउदै सामाजिक तथा शैक्षिक क्षेत्रमा योगदान दिइसकेका छन् ।

बिभिन्न समयमा व्यवसायीहरुलाई आइपर्ने समस्याहरुमा सहयोग गर्न सदैव अगाडी सर्ने, व्यवसायीको हक हितको लागि सदैव लड्ने,व्यवसायीको समस्याको लागि लागि पर्ने सामाजिक भावका कारण खत्रीको पोखरा उद्योग बाणिज्य संघको निर्वाचनमा जित निश्चित रहेको व्यवसायीहरु बताउने गर्छन ।

खत्रीसगै महासचिव पदमा बलराम आचार्य र तारानाथ ढुङ्गाना पनि प्रतिष्पर्धामा रहेका छन् ।

WP2Social Auto Publish Powered By : XYZScripts.com