नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्वारा समर पिकनिक

-


     नेपालय न्युज    
     भाद्र २० गते २०७९


नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्वारा.  “FIPNA Summer Picnic -2022” सम्पन्न गत अगष्ट २८, २०२२ का दिन न्यूयोर्कको क्वीन्स ब्रीज पार्कमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)ले भाइचारा र आपसी सदभावलाई मूल मन्त्र ठानी संस्था–संस्था विच, व्यक्ति–व्यक्ति बिच एकआपसको सम्बन्धलाई पुर्नताजकी, सुमुधुर तथा विस्तार गर्ने उद्देश्य सहित न्यूयोर्कको सुन्दर ग्रीष्माकालीन ऋतुलाई सदुपयोग गर्दै “FIPNA Summer Picnic -2022” आयोजना गरेको कुरा यस महासंघका महासचिव टोमा लामाले बताउनु भयो ।

उक्त पिकनिकमा उपस्थित् सम्पूर्ण अतिथिहरुलाई पिकनिकको उद्देश्यकोबारेमा जानकरी गराउँदै सम्पूर्ण अथितिहरुलाई महासचिव लामाले स्वागत गर्नुभएको थियो । पिकनिक कार्यक्रम एकदम अनौपचारिकरुपमा स्वतन्त्ररुपले सबै उपस्थित् पाहुनाले खानपिन तथा नाचगान गरेर रमाईलो गरेका थिए । “FIPNA Summer Picnic -2022” कार्यक्रममा न्यूयोर्कमा रहेका विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरुको गुणात्मक उपस्थितिले पिकनिक कार्यक्रम अत्यन्तै सफलता र सार्थकता भएको यस महासंघका अध्यक्ष राज कुमार बिष्टले बताउनु भयो ।

पिकनिकमा न्यूयोर्क शहर मेयर एरिक आडम्सको एसिया मामिला सल्लाहकार बोर्ड सदस्य एवं कलेज प्वाइन्ट सिभिक र ट्याक्सपेयरस एसोसियसनका अध्यक्ष नवराज केसी, Democratic Nominee for Assembly District 30 का Steven Raga, नेपाल सरकारका न्युयोर्कका पर्यटन दुत प्रदिप श्रेष्ठ, तामाङ सोसाइटी अफ नेर्थ अमेरिकाका नव निर्वाचित केन्द्रीय अध्यक्ष मोहन वाईबा, हामी नेपाली ग्लोबलका केन्द्रीय अध्यक्ष अमृत लामा, अधिकारका निर्देशक नर्बदा क्षेत्री, प्रवासी नेपाली मन्चका केन्द्रीय अध्यक्ष कृष्ण लामिछाने, नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्वाङ, प्रवासी नेपाली एकता मन्चका केन्द्रीय अध्यक्ष टेक गुरुङ, दर्शन नेपाली समाज अमेरिकाका अध्यक्ष मिलन कुमार शाही, वल्र्ड कनेक्सन युएसएका अध्यक्ष एवं गायक आङगेलु शेर्पा, नेपाल भिजन अमेरिकाका प्रमुख मोहन श्रेष्ठज्यु .र सपरिवार, प्रवासी नेपाली मन्च न्युयोर्क च्याप्टरका अध्यक्ष सुर्य लिङदेलज्यु , नेपाल आदिवासी जनजाति महासंघ नेपालका पुर्व उपाध्यक्ष डण्ढु डोकप्या, तामाङ सोसाइटी अफ नर्थ अमेरिका निवर्तमान अध्यक्ष लक्यान लामा, सयुक्त राष्ट्रसंघमा कार्यरत् किरण पौडेल, व्यवसायी पासाङ शेर्पा, दावा शेर्पा, समाजसेवी एवं एनआरएनए एनसीसी न्यूयोर्क च्याप्टरका पूर्व उपाध्यक्ष बिष्णु राना मगर र रिजउडका व्यवसायी देउराली वायरलेसका किशोर श्रेष्ठ लगायतका रिजउडका व्यक्तित्वहरु, न्यूयोर्कका अत्यन्तै लोकप्रिय समाजसेवी केशब राम राई लगायतका थुप्रै व्यवसायी, संघसंस्थाका प्रतिनिधि तथा व्यक्तित्वहरु उपस्थित् भएका थिए ।

त्यस्तै गरी फिप्नाका सघीय परिषद सभामुख शुवर्ण कुमार शाक्य, उपसभामुख गोमा योन्जन, फिप्नाका पुर्व अध्यक्षहरु, सल्लाहकारहरुमा लिला राई, निर्मल प्रधान, फिप्नाका निर्वतामान अध्यक्ष एवं सल्लाहकार लोक चेम्जोङ, फिप्नाका पुर्व महासचिवहरुमा प्रेम गुरुङ, दिपेस लिम्बु, फिप्ना सदस्य संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको र अन्य फिप्नालाई नजिकबाट माया गर्ने समाजसेवीहरुको पनि उपस्थिति थियो । पिकनिक कार्यक्रममा गायक आङगेलु शेर्पा, गायक एवं फिप्नाका सभामुख शुवर्ण कुमार शाक्य र गायिका एवं फिप्नाका उपसभामुख गोमा योञ्जनले गीत प्रस्तुत् गरी पिकनिकको माहोललाई रमाइलो बनाएको थियो । डीजेमा डीजे जाङबुले साथ दिएको थियो ।

उपस्थित् सबैजनाले डीजेमा पनि नृत्य गरी रमाइलो गरेका थिए । यस फिप्ना पिकनिक कार्यक्रमलाई सफल पार्नको लागि फिप्नाका सल्लाहकार लिला राई, बुद्ध ट्याक्सका प्रबन्धक पशुपति श्रेष्ठ र ब्यनार, टिकट लगायत अन्य प्रिन्टिङ मसलन्दको स्पोन्सर फिप्नाका सभामुख शुवर्ण कुमार शाक्य लगायतका अन्य व्यक्तित्वहरुले सहयोग गरेका थिए ।

WP2Social Auto Publish Powered By : XYZScripts.com