जनसम्पर्क समिति अमेरिकाका महासचिव नेम्बाङ काँग्रेसबाट प्रदेशसभा सदस्यका लागि सिफारिस

-


     नेपालय न्युज    
     भाद्र १९ गते २०७९


मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि दलहरुले उमेदवार छनौट प्रक्रियालाई तिब्रता दिएका छन् ।
देशैभरबाट दलहरूले प्रतिनिधि र प्रदेश सभाका लागि उमेदवारहरूको नाम छनौट गरी सिफारिस गर्ने कार्यमा जुटेका छन् । यसै क्रममा प्रदेश सभाका लागि दुई वटा क्षेत्र रहेको पाँचथरबाट नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव एवम नेपाली काँग्रेसका १४ औं महासमिति सदस्य तथा ११ औं महाधिवेशन प्रतिनिधि (पाँचथर क्षेत्र न २ बाट) श्री मुनिन्द्र बिक्रम नेम्बाङको नाम पनि पाँचथरको प्रदेशसभा ख बाट प्रत्यक्ष तर्फ उमेदवारीको लागि नाम सिफारिस गरेको छ ।
प्रदेशले नेम्बाङको नाम सिफारिस गरेसंगै सो क्षेत्रका युवा तथा पुराना कांग्रेसहरू उत्साहित भएका छन् । लामो पारिवारीक राजनीतिक पृष्ठभुमी बोकेका नेम्बाङ एक सालिन, भद्र, इमान्दार र बौद्धिक व्यक्तित्व भएका युवानेता हुन ।
एक दशक देखि अमेरिकामा बस्दै आएका नेम्बाङ नेपालमा हुने प्रत्येक निर्वाचनमा पार्टीका उमेदवारलाई जिताउन नेपाल पुग्ने गरेका छन् । पछिल्लो समय उनका बुवा पाँचथर फाल्गुन्द गाउॅपालिकाका अध्यक्ष समाजसेवी सहित्यकार एवम राजनीतिज्ञ कांग्रेस नेता श्री अमर कुमार नेम्बाङको २०७५ साल माघ २६ गते एक कार्यक्रमा भाषण सकेर फर्कने क्रममा अकस्मात ढलेर मृत्युभए पछि भने नेजसका महासचिव मुनिन्द्र बिक्रम नेम्बाङको देश फर्कने सोचका कारण नेपालमा बाक्लो जाने गरेका छन् । उनले तिनै बुवाको नाममा स्थापना गरेका प्रतिष्ठान मार्फत फाल्गुनन्द -३ वडाको खेलमैदानका लागि जग्गादान गरेर पाँचथर जिल्लामा सामाजिक कार्य गर्ने कामको सुरूवात गरेका छन् । अहिले उक्त प्रतिष्ठानद्वारा प्रतेक बर्ष प्राकृतिक प्रकोपमा परेकाहरूलाई पाँचथरमा सहयोग गर्दै आएको छ।गरिब तथा जेहेन्दार बिद्यार्थीको लागि छात्रावृति दिएर, सहयोग गर्ने देखि सष्ट्राका लागि साहित्यिक पुरस्कार प्रदान गर्ने सम्मको सामाजिक कार्य गरेर प्रतिष्ठान मार्फत महासचिव नेम्बाङले पाँचथरमा समाजसेवाको थालनी गरेका छन् । यीनै कारणले गर्दा होला सायद स्वच्छ छवी भएका नेम्बाङ पाँचथरमा बडी रूचाईएको खोजिएको कांग्रेसको उमेदवारमा पर्दछ ।
पाँचथरको फाल्गुन्द गाउपालिका वडा न. ३ पौवासरताप निवासी नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव एवम नेका महासमिति सदस्य श्री मुनिन्द्र बिक्रम नेम्बाङ लगायत पाँचथर प्रदेशसभा क र ख बाट प्रत्यक्ष र समानुपातिकमा अन्य उमेदवारहरू पनि क्षेत्रले छनौट गरेर सिफारिस गरेका छन् ।

WP2Social Auto Publish Powered By : XYZScripts.com