
तिमीले फेर्ने सास उस्तै मैले हेर्ने धर्ती एउटै ,
पानी भित्र देख्ने छाया तिम्रो मेरो उस्तै उस्तै
बिधाताले दिएको छ सबै लाई बराबरी ,
तर किन बिभेद छ पानी फरक गराभरी
निलो आकाश तारा भरी चमकिने जुनकै जोशले,
सिङगो समाज फुल्बारी ,बन्छ र् के दोसै दोसले
मुहानैमा बास मेरो पानी बग्छ शिरै देखी
सागरको यात्रा उस्को मलाई रोक्ने तिरै रोपी तिमीले
न त हास्न पाउनु मैले न त बासै बस्न पाउनु ,
गरिखान गाहारो पर्यो न त सासै फेर्न पाउनु
माया पोख्दा छाती भरी लाठी भाला बर्षाउछन
डरै डरले बित्यो जिबन खुशी मेरा तर्साउछन
विकाश विष्ट
न्युयोर्क अमेरिका