
न्युयोर्क अमेरीका,
गिरीजाप्रसाद कोईराला फाउन्डेशन अमेरीकाको कार्यालय उडसाईड न्युयोर्कमा आज नेपाली कांग्रेसका पुर्व महासमिती सदस्य तथा एनआरएन् अमेरीकाका वर्तमान अनररी सदस्य मनोनीत हुनुभएका पेन्सेल्भेनीयाका युवा व्यवसायी श्री विनोद मोक्तान तथा नेपाल प्रहरीका पुर्व एआईजी श्री नवराज ढकालले फाउन्डेशनको कार्यालयमा उपस्थित भै समसामयिक राजनीतिक विषय र फाउन्डेशनका कृयाकलापहरूवारे छलफल गर्नुभयो। वहँहरुलाई फाउन्डेशनका अध्यक्ष श्री सोमनाथ घिमीरेले खादालगाई स्वागत गर्नुभएको थियो।
सो अवसरमा श्री मोक्तानले फाउन्डेशनले छोटो समयमा गरेको अत्यन्त ठुलो र सराहनीय मानवीय सहयोगकोबारे आफुले बिभिन्न संचारमाध्यमबाट सुचना पाईरहेको र सो कार्यबाट स्व.गिरीजावावुको नाममा स्थापित नेपाली संस्थाप्रती अत्यन्त गौरबलागेको वताउनुभयो। साथै वहाँले आगामी दिनहरूमा फाउन्डेशन टीमको जोश र उत्साहमा कुनै कमी नआओस् भन्दै आफुले समेत सक्दो मानवीय सहयोग गर्ने बचनबद्दता व्यक्त गर्नुभयो। सोही अवसरमा नेपाल प्रहरीमा लामोसमय काम गरी समाजसेवामा अनुभव प्राप्त पुर्व एआईजिपी श्री नवराज ढकालले फाउन्डेशन अमेरीका प्रवासमा रहेका नेपाली संस्थाहरूमा एक उदाहरणीय संस्था रहेको चर्चा गर्नुभयो ।
सो अवसरमा जिपी कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष श्री सोमनाथ घिमीरेले संक्षेपमा फाउन्डेशनका गतिविधि एवं आगामी कार्ययोजना समेतको चर्चा गर्नुभयो । करीव २ घन्टासम्म भएको सो छलफलमा फाउन्डेशनका उपाध्यक्ष श्री सुवर्ण लामा, महासचिव श्री छिरिंग राप्के लामा, प्रवक्ता श्री रामचन्द्र अधिकारी र फाउन्डेशन नेपालका केन्द्रीय सदस्य श्री अम्बीर जोशीको विशेष उपस्थिति रहेको थियो।