भारतीय प्रधानमन्त्री मोदी विश्वका लोकप्रिय नेताको शीर्ष स्थानमा

-


     नेपालय न्युज    
     भाद्र १२ गते २०७९


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पुनः विश्वको सबै भन्दा लोकप्रिय नेताहरूको सूचीको शीर्ष स्थानमा पर्न सफल हुनुभएकाे छ ।

मर्निङ कन्सल्टेन्सी सर्भेले सार्वजनिक गरेको प्रतिवेदनमा प्रधानमन्त्री मोदी ७५ प्रतिशतको अनुमोदन दरसहित शीर्ष स्थानमा पर्न सफल हुनुभएको हो । प्रधानमन्त्री मोदीपछि मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोर र इटालीका प्रधानमन्त्री मारियो ड्राघी दोस्रो र तेस्रो स्थानमा पर्नुभएको छ ।

२२ विश्व नेताहरूलाई समावेश गरिएको सूचीमा अमेरिकी राष्ट्रपति जो बाइडेन ४१ प्रतिशत रेटिङका साथ पाँचौं स्थानमा पर्नुभएको छ । सर्वेक्षणअनुसार क्यानडाका राष्ट्रपति जस्टिन ट्रुडो ३९ प्रतिशत र जापानी प्रधानमन्त्री फुमियो किशिदा ३८ प्रतिशत अनुमोदन दरसहित छैटौं र सातौं स्थानमा हुनुहुन्छ ।

यसैगरी अष्ट्रेलिया, अस्ट्रिया, ब्राजिल, जर्मनी, मेक्सिको, नेदरल्याण्ड, दक्षिण कोरिया, स्पेन, स्वीडेन र अमेरिकाले नेटाेको अनुमोदन दर पच्छ्याइएको छ । यसअघि भारतीय प्रधानमन्त्री मोदी जनावरी २०२२ र नोभेम्बर २०२१ मा पनि विश्वका सबै भन्दा लोकप्रिय नेताहरूको सूचीको शीर्ष स्थानमा रहनुभएको थियो । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com