नेपाली जनसम्पर्क समिति लंगआईलेन्ड न्यूयोर्कद्वारा श्रद्वान्जली कार्यक्रम

-


     नेपालय न्युज    
     भाद्र १२ गते २०७९


अमेरिका ।
नेपाली कांग्रेसका नेता,समाजवादी चिन्तक,एवं प्रतिनिधि सभाका माननीय सदस्य,स्व.प्रदीप गिरिको निधन प्रति गहीरो शोक प्रकट गर्दै, नेपाली जनसम्पर्क समिति लंगआईलेन्ड न्यूयोर्क अमेरिकाद्वारा आयोजित श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
शाखा सभापति विश्व वांस्तोलाको सभापतित्वमा सम्पन्न  श्रद्वान्जली कार्यक्रम विशाल रेग्मीले संचालन गर्नुभएको थियो ।  श्रद्वान्जली कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाका नेता पूर्व महासमिति सदस्य वेद प्रसाद खरेल,नेता भोजराज थकोर ,नेता एवं महाधिवेसन प्रतिनिधि सुभाष लामा,नेता राज श्रेस्ठ (कनेटिकट)पंडित पिपल मणि सिग्देल,समाजका अध्यक्ष वसन्त चापागाई ,नेपाली कांग्रेस सिन्धुपाल्चोकका नेता मिन वहादुर कार्की ,समाजका पूर्व अध्यक्ष दुर्गेस कार्की ,पूर्व अध्यक्ष एवं समता ग्लोवलका उपाध्यक्ष टिकाराज ढकाल,डाक्टर प्रनव दहाल,समाजका महासचिव वावुराम शर्मा लगाएत समाजका अगुवाहरुले दिवंगत नेता प्रति श्रद्वान्जली अर्पण गर्नुभएको थियो ।

WP2Social Auto Publish Powered By : XYZScripts.com