पोउवा संघको चुनावी सरगर्मी: सक्षम नेतृत्व दिनका लागि आफ्नो टिम चुनावमा हाेमिएकाे पोखरेलको दावी

-


     नेपालय न्युज    
     भाद्र ९ गते २०७९


पोखरा, ९ भदौ

पोखराको जेठो संस्था पोखरा उद्योग वाणिज्य संघको आगामी महाधिववेशनको मिति नजिकिँदै गर्दा व्यावसायीबीच चुनावी सरगर्मी बढेको छ । संघको ३४ औं महाधिवेशन आगामी भदौ २४ र २५ गते हुँदैछ । विगतमा झै यस पटक पनि दुई प्यानलबीच प्रतिष्पर्धा हुने निश्चित देखिएको छ ।

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षका प्रत्यासी अर्जुन पोखरेलले आज प्यानल घोषणा गरेका छन् । केही समय अघि अध्यक्षको उम्मेदवारी घोषणा गरेका पोखरेलले बिहीबार पत्रकार सम्मेलनमार्फत् प्यानल नै घोषण गरेका हुन् ।

 

पोखरेलको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशवबहादुर खत्री, उपमहासचिवमा हर्कबहादुर अधिकारी (मिराज), कोषाध्यक्षमा हरिराज पन्तले पोखरेल प्यानलबाट उम्मेदवारी दिनेछन् । त्यसैगरी सदस्यमा भरत केसी, धर्मेन्द्र बटाजु, माधव बस्ताकोटी, उदय केसी, दिलीप श्रेष्ठ, दुर्गा रञ्जित श्रेष्ठ, कृष्णप्रसाद कोइराला र हिमनिधि लौडारी छन् ।

 

पत्रकार सम्मेलन गर्दै अध्यक्षका प्रत्यासी पाेखरेलले भने संघलाई बलियाे, एकाकार र सक्षम नेतृत्व दिनका लागि मेराे टिम चुनावमा हाेमिएकाे हो । हाम्राे २४, २५ गतेसम्मका लागि चुनावी प्रतिष्पर्धाकाे कसरत हुन्छ । भदाै २५ गतेपछि हामी पहिले जस्तै अवस्थामा हुनेछाैं। कार्यक्रममा अध्यक्षका प्रत्याशी पोखरेलले सर्वसम्मत नेतृत्वका पक्षमा आफू रहेपनि निषेध गर्ने अवस्था आएपछि एक्लै भएपनि चुनाव लड्ने घोषणा गरेको र अहिले अनुभवी र व्यावसायिक टिम तयार भएको बताए । उनले पूर्वअध्यक्षहरुबाट पनि टिम बनाएर अघि बढ्न र विजयीको आर्शिवाद प्राप्त भएको उल्लेख गरे । पाेखरेलले भने, म एकैपटक नेतृत्व खाेज्न आएकाे पनि हाेईन । सदस्य हुँदै क्रमशः उपमहासचिव, महासचिव र उपाध्यक्ष भएर ४ कार्यकालले परिपक्व बनाएकाे छ । संघलाई हाँक्नका लागि सक्षम् उम्मेदवारहरूकाे टिम पनि बनाएका छाैंं ।

 

पोखरेलले आफुले सा-सानो कामबाट व्यावसायीको बिकासको लागि अगाडी बढ्ने बताए। उनले सचिवालयको पुनःनिर्माण, संघको अत्याधुनिक बहुउदेश्यीय भवन निर्माण । संघलाई साना, मझौला र ठूला व्यवसायीसहित महिला उद्यमीको साझा संस्था बनाईने, उद्योगी व्यवसायीमाथि पर्ने समस्या निराकरणका लागि राज्यबाट पाउनुपर्ने सबै खालका सुविधा दिलाउने र व्यवसाय रक्षामा विशेष ध्यान दिईने पत्रकार सम्मेलन मा उद्घोष गरे ।

 

पोखरेल प्यानलले पत्रकार सम्मेलन मार्फत आठ बुँदे प्रतिबद्धता समेत सार्वजनिक गरेको छ । संघलाई पोखरेलीको साझा घरको रुपमा विकास गर्नेदेखि संघलाई आर्थिक रुपमा सवल बनाउने प्रतिबद्धता गरिएको छ । पोखरा उद्योग वाणिज्य संघको नेतृत्वका लागि यस अघि नै अहिलेका वरिष्ठ उपाध्यक्ष पवन प्रजापतीले पनि आफ्नो प्यानल घोषणा गरिसकेका छन् । पोखरेल अहिले उपाध्यक्ष छन् । पोखरेलले सहमतिको सम्भावना अब करिब करिब सकिएको पनि पत्रकार सम्मेलनमा बताए ।

 

WP2Social Auto Publish Powered By : XYZScripts.com