एफबीआईले मेरो पासपोर्ट चोर्यो : ट्रम्प

-


     नेपालय न्युज    
     श्रावण ३१ गते २०७९


अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडेरल ब्यूरो अफ इन्भेष्टिगेसन (एफबीआई)का एजेन्टहरूले अगस्त ८ मा छापा मार्दा आफ्नो राहदानी चोरेको आरोप लगाएका छन् ।

‘एफबीआईको छापामा तिनीहरूले मेरा तीनवटा राहदानी (एउटा म्याद सकिएको) चोरेका थिए’ ट्रम्पले आफ्नो सोशल मिडिया प्लेटफर्ममा भनेका छन् । रिपब्लिकन नेताले थपे, ‘यो हाम्रो देशमा पहिले कहिल्यै नदेखेको स्तरमा राजनीतिक प्रतिद्वन्द्वीमाथिको आक्रमण हो। तेस्रो विश्व !’

तर, ट्रम्पले आफ्नो कुन राहदानी एफबीआईले खोसेको भन्ने स्पष्ट पारेका छैनन् । संयुक्त राज्य अमेरिकामा नियमित नागरिकहरूलाई निलो राहदानी जारी गरिन्छ भने सरकारी सरकारी यात्राका लागि रातो ’कूटनीतिक’ राहदानी जारी गरिन्छ । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com