भारतीय धनाड्य मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की

-


     नेपालय न्युज    
     श्रावण ३० गते २०७९


एजेन्सी । भारतीय धनाड्य एवं रिलायन्स इन्डस्ट्रीजका अध्यक्ष मुकेश अम्बानी र उनको परिवारलाई ज्यान मार्ने धम्की आएको छ ।

सोमबार विहान साढे १० बजे रिलायन्स फाउन्डेसन अस्पतालमा अम्बानी र उनको परिवारलाई ज्यान मार्ने धम्की आएको हो ।

धम्कीपछि अस्पतालले प्रहरीकोमा खबर गरेको थियो । अनुसन्धानको क्रममा धम्की दिएको आरोपमा प्रहरी एक युवकलाई पक्राउ गरेको छ ।

गत महिना मात्र भारतको सर्वोच्च अदालतले अम्बानी र उनको परिवारको सदस्यका लागि सुरक्षा जारी राख्न अनुमति दिएको थियो ।

अम्बानी भारतको मात्र नभई एसियाकै धनाड्यहरूमध्ये एक हुन् ।

WP2Social Auto Publish Powered By : XYZScripts.com