पार्कोर खेलाडी दिनेश सुनारको १२औं विश्व रेकर्डको प्रयत्नमा गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाका संस्थापक सदस्य सुर्य सिम्खडाको उपस्थिती

-


     नेपालय न्युज    
     श्रावण ३० गते २०७९


अमेरिकाको वाशिङ्गटन डि. सि. स्थित नेपाली दुतावासले ७५औं वर्ष पुगेको नेपाल र अमेरिका बीचको कुटनैतिक सम्बन्ध सेलेब्रेशनगर्ने विभिन्न क्रमहरु मध्ये नेपाली पार्कोर खेलाडी दिनेश सुनारलको १२औं गिनिज वर्ल्ड रेकर्डको प्रयत्नलाई सपोर्ट गर्दै विभिन्न संघ-संस्थाको आयोजनामा

अमेरिकाको बाल्टेमोर काउण्टी स्थित ‘एभरेष्ट वर्ल्ड क्लास टेइ-क्वान-डो एवं फ्यामिलि मार्शल आर्ट’ को परिसरमा पहिलो नेपालीपार्कोर खेलाडी दिनेश सुनारले १२औ विश्व गिनिज रेकर्डका लागि गरेको प्रयत्न सफल भएको छ। The most Butterfly Kick Full Twisted, in One Minute ( Parkour) विधामा गरिएको प्रयत्न पार्कोर खेलको Free Style अन्तर्गत पर्दछ। उक्त प्रयत्न, दिनेशसुनारले उपस्थित निर्णायकहरुका अनुसार एक मिनटमा २३ पटक गरिएको थियो जुन हालको रेकर्ड १५ भन्दा आठ पटकले बढी छ। यसअर्थमा नेपाली पार्कोर खेलाडीले राखेको यो प्रयत्न पूर्ण सफल भएको र आधिकारिकता लागि छिट्टै गिनिज वर्ल्ड रेकर्डको केन्द्रियकार्यलयमा पठाउने तयारी समेत भएको जानकारी पार्कर दिनेश सुनार एवं उनको टीमले गराएको छ।

हेर्दा अति सहज र रोमान्चकारी देखिए तापनि हावामा उडिरहेको बेलामा शरिरलाई ३६०° मा घुमाई फेरि पाउमा पूर्ण खडा हुन एकदमकुशलतापूर्वक गर्नु नसके शरिरलाई नै हानी हुनसक्ने भएकाले यो अति कठिन खेल मध्ये एक हो। यसलाई नेपाली पार्किर खेलाडीदिनेश सुनारले विश्व रेकर्ड हुनेगरी सम्पन्न गरेकोमा सम्पूर्ण निर्णायक मण्डलले सर्‍हाना गर्नुभएको थियो।

एभरेष्ट टेइ-क्वान-डो स्कुलका अनर औ प्रशिक्षक, विश्व-स्तरीय मास्टरहरु कुमार कार्की र कल्पना कार्कीको अगुवाईमा मार्शल आर्टसम्बन्धि नै नेपाल तथा फिलिपिन्सका विश्व-स्तरीय दिग्गज प्रशिक्षकहरु सर्व श्री मास्टर राजु नगरकोटी, कृष्ण बलाल, राजु क्षेत्री, मेल्विन मोर्ते, उज्वल सिंह ठकुरी तथा नकुल शर्मा निर्णायक मण्डलमा रहनुभएको थियो भने उक्त निर्णायक मण्डलको प्रमुखता माष्टरराजु नगरकोटी र समय निर्णायकमा माष्टर उज्वल सिंह ठकुरी रहनुभएको थियो।

यसरी नै इनेपालीज तथा नेपालिज डायस्पोराद्वारा भिडियो रेकर्ड गरिएको थियो भने थप भिडियो तथा क्यामेरामा राजु रामदाम, अनिलरामदाम र सुरज विश्वकर्मा पौडेलले सहयोग गर्नुभएको थियो।

नासो अमेरिकाका महासचिव राजन सुनारले स्वागत गर्दै अघि बढेको उक्त कार्यक्रममा बाल्टीमोर काउण्टी डिस्टृक्ट ७ए बाट निर्वाचितडेमोक्रेटिक पार्टीका केन्द्रिय सद्स्य, पाल्पाली संगमका अन्तर्राष्ट्रिय अध्यक्ष तथा नेपालिज डायसपोराका प्रधान सम्पादक सतिशचापागाईंले यस्ता एतिहासिक कृयाकलापले नेपाल र नेपालीलाई विश्वमा चिनाउने मात्र नभै आगामी पुस्तालाई समेत अभिप्रेरित गर्नेभन्दै सुनारको प्रयत्नको पूर्ण सफलताको शुभकामना सहित साक्षात्कारता समेत गर्नुभएको थियो।

त्यस्तै, नासो अमेरिकाका अध्यक्ष राजेन्द्र सुनार सेन्चुरी, एभरेष्ट वर्ल्ड क्लास टेइ-क्वान-डो का अनर – प्रशिक्षक माष्टर कुमार कार्की, पिडि आर सी इन्टरनेशनलका अन्तर्राष्ट्रिय संयोजक भीम बि.के. , साथी बाल्टीमोरका अध्यक्ष रमेश भट्ट ‘नेपाली छोरो’, गोरखा समाजमेरिल्याण्डका अध्यक्ष अपार श्रेष्ठ, गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिका का संस्थापक कार्यसमिती सदस्य सुर्य सिम्खडा, युवानेता एवं व्यवसायी राजु रामदामले शुभकामना मनतव्य दिनुभएको थियो भने आर एन अमेरिका मेरिल्याण्ड च्याप्टर, अमेरिकन पार्कोरएपिके, र लम्जुङ्ग अमेरिका सेवा समाजहरुले पूर्ण सफलताको कामना सन्देश पठाउनु भएको थियो।

त्यसरी नै, मिडिया पार्टनरहरु इनेपालिजका विश्व थापा, नेपालीज डायस्पोराका सतिश चापागाईंले सफलताको शुभकामना दिनुभएकोथियो भने ग्लोब नेपाल , सूर्योदय न्यूज र खासोखासले शुभकामानका सन्देश पठाउनु भएको थियो।

इनेपालिज र नेपालिज डायस्पोराद्वारा प्रत्यक्ष प्रसारण गरिएको उक्त कार्यक्रममा प्रमुख निर्णायक माष्टर राजु नगरकोटी र उहाँकोसमुहले सफलताको प्रमाणिकरणका लागि आवश्यक प्रमाणित कागाजात पार्कोर खेलाडी दिनेश सुनारलाई हस्तान्तरण गरिएको भनेप्रत्यक्ष-अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पूर्ण व्यक्तित्वहरुलाई नासोका अध्यक्ष राजेन्द्र सुनार सेन्चुरीले आभार प्रकट गर्दै कार्यक्रमलाईसमापन गरिएको थियो।

WP2Social Auto Publish Powered By : XYZScripts.com