अमेरिकामा रोजगारी सृजना वृद्धि, बेरोजगारी दर ३.५ % ले कमी

-


     नेपालय न्युज    
     श्रावण २२ गते २०७९


वासिङटन । जुलाईमा अमेरिकी बेरोजगारी दर ३ दशमलव ५ प्रतिशतले कम भएको श्रम मन्त्रालयले बताएको छ ।

अमेरिकी रोजगारीको अवस्थामा वृद्धि गत महीनामा पनि उल्लेख्य देखिएको छ । थप ५ लाख २८ हजारभन्दा बढी रोजगारी पाएको र यसलाई मन्दी आउने अनुमानबीच एक आश्चर्यजनक उपलब्धिका रूपमा लिइएको सरकारद्वारा शुक्रवार सार्वजनिक तथ्याङ्कमा बताइएको छ ।

कोभिड–१९ महामारीपछि उद्योग तथा फर्महरूले मागेको जनशक्तिका कारण यसअघि रोजगारी गुमेका अत्यधिक व्यक्तिले रोजगारी पाएका कारण अमेरिकी बेरोजगारी दर ३ दशमलव ५ प्रतिशतले कम भएको श्रम मन्त्रालयले बताएको छ । तथ्याङ्कअनुसार कुल गैर–कृषि रोजगार पनि महामारीअघिको स्तरसम्म पुनः पुगेको तथ्याङ्कले देखाएको छ । रासस/ एएफपी

WP2Social Auto Publish Powered By : XYZScripts.com