कोरोनाबाट १ जनाको निधन, ५६४ संक्रमित

-


     नेपालय न्युज    
     श्रावण ११ गते २०७९


कोरोना भाइरसको संक्रमण आज ५६४ मा देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले ४ हजार ४५४ परीक्षणमध्ये आज पाँच सय ६४ मा संक्रमण देखिएको बताए।

उनका अनुसार काठमाडौँ उपत्यकाको ललितपुरमा ४१, भक्तपुरमा १७ र काठमाडौँ २१८ मा संक्रमण देखिएको छ। सक्रिय संक्रमितको संख्या ३ हजार ९२९ रहेको छ।

विगत २४ घण्टामा २०२ जना कोरोनाबाट निको भएर घर फर्किएका छन्।

यस्तै, संक्रमणबाट एक जनाको निधन भएको छ। अहिलेसम्म होम आइसोलेसनमा ३ हजार ७९४, संस्थागत आइसोलेसनमा १३५, सघन उपचार कक्ष (आईसीयू)मा ३२ र भेन्टिलेटरमा २ जनाको उपचार भइरहेको छ।

यसैगरी विगत २४ घण्टामा १ लाख १ हजार ६ सयले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।

WP2Social Auto Publish Powered By : XYZScripts.com