
वासी नेपाली मंच न्युरर्क च्यापटर र द गुरुङ (तमु ) सोसायटी अमेरिकाको संयुक्त संयोजनमा न्युयोर्कको ज्याक्सन हाइटसमा रक्दान कार्यक्रम सम्पन भएको छ । जुलाई २३ तारिख शनिवार सम्पन्न रक्तदानमा कुल ५१ पिन्ट रगत संकलन भएको थियो । यस कार्यक्रमबाट १५३ जनालाई नयॉ जिवन दिन सफल भएको छ।
उक्त कार्यक्रममा प्रवासी नेपाली एकता मंचका अन्तर्राष्ट्रीय समन्वय किमीटीको सदस्यहरु राधाकृष्णा देउजा , सीता खरेल र यम लामा केन्द्रीय कमिटीको तर्फ बाट अध्यक्ष टेक गुरुङ , महासचिव शंकर पन्त कोषाध्यक्ष युवराज खनाल केन्द्रीय सदस्य वनिता कतिला सहितका नेताहरु उपस्थित हुनुहुन्थ्यो ।
यस कार्यक्रमको कोओडिनेटरको भुमिका राज्य कमिटीको कोषाध्यक्ष उमा तामाडंले गर्नु भएको थियो र आयोजक संस्थाको अध्यक्ष दय सौमेनद्र रन्जित र तोरण गुरुडं विशेष भुमिका रुपमा सक्रिय हुनु भएको थियो। द गुरुङ ( तमु ) सोसायटी अमेरिकाका अध्यक्ष तोरण गुरुङ सहितका पदाधिकारीहरुको सक्रियता प्रशँसा योग्य थियो । रक्तदाता देखि आगन्तुकहरुलाइ फलफुल तथा खाना खुवाउने कामले कार्यक्रमको रौनक नै थपेको थियो । जनसम्पर्क समिति अमेरिकाका सभापती आनन्द बिष्ट , आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष राजकुमार बिष्ट नेपाली कम्युनिटीको अगुवाहरु छेवाडं लामा , विश्वराज वास्तोला , दिपेश लिम्वु ,भरत लामा , विण्णु रानामगर, कुलदिप राना मगर , डा सुक गुरुडं , डा रस कुमारी गुरुडं हरुले रक्तान देखि कार्यक्रममा रक्तदाताहरुको हौसला बढाउन सक्रिय रहेको देखिएको थियो ।
रगत अभावको यस समयमा गर्मिको अलावा पनि यति रक्तदान हुनु उल्लेख्य उपलव्धि भएको भन्दै आयोजकहरुलाइ रगत संकलक संस्थाले धन्यवाद दिएको थियो भने रक्तदाताहरुलाइ आयोजक सँस्थाका पदाधिकारीहरुले सम्मान पत्र हस्तान्तरण गरेका थिए