अमेरिकामा गोली चल्दा एक जनाको मृत्यु, पाँच घाइते

-


     नेपालय न्युज    
     श्रावण ८ गते २०७९


अमेरिकाको सिएटल शहरको बाहिरी क्षेत्रमा भएको गोली काण्डमा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । वासिङ्टनको रेन्टन उपनगरमा सिएटलमा बन्दुकको धेरै आवाज सुनेपछि स्थानीयहरूले प्रहरी अधिकारीहरूलाई बोलाएका थिए ।

प्रहरीका अनुसार एक जनाको घटनास्थलमै मृत्यु भएको र अन्य पाँच जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । रेन्टन पुलिस विभागले पेस गरेको आधिकारिक विवरणअनुसार लोगान एभिन्यु साउथको १०० ब्लकमा उक्त घटना भएको हो।

विवादपछि गोली हानाहान भएको थियो । आक्रमणकारीको पहिचान खुलाइएको छैन् । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com