अमेरिकी राष्ट्रपतिको स्वास्थ्यमा सुधार

-


     नेपालय न्युज    
     श्रावण ७ गते २०७९


कोभिड–१९ सङ्क्रमित राष्ट्रपति जोसेफ बाइडेनको स्वास्थ्यमा क्रमशः सुधार भइरहेको छ । राष्ट्रपति कार्यालयका अधिकारीहरूका अनुसार बाइडेनले दिनको आठ घण्टाभन्दा बढी समय काम गरिरहेका छन् ।

शुक्रबार उनले आफ्नो शीर्ष आर्थिक टोलीसँग भिडियो कन्फ्रेन्स मार्फत गरेका थिए । त्यसबखत उनले आफ्नो स्वास्थ्यमा क्रमिक सुधार आइरहेको बताएका थिए । उनलाई खानमा पनि अरूची छैन । प्लेटमा रहेका खानेकुराका केही टुक्रा आफ्ना सहयोगीहरुलाई देखाउँदै आफूलाई खान मन नलाग्ने कुनै समस्या नभएको बताएका थिए । कानुनी दस्तावेजहरूमा हस्ताक्षर गर्नाका साथै उनले सुरक्षा निकाय र गुप्त सूचना प्रवाह गर्ने संयन्त्रहरूबाट टेलिफोनमा जानकारी लिएका थिए ।

“उनी अझै पनि राष्ट्रपतिको काम गरिरहेका छन्, बन्द हुँदैन,” राष्ट्रपति कार्यालयका सञ्चार संयोजक करिन जीन–पियरले भनेका छन् । शुक्रबार निवासमा नै रहेका राष्ट्रपति विभिन्न भर्चुअल बैठकहरूमा सहभागी भएका थिए । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com