दुईपटक बुस्टर डोज लगाएका बाइडेनलाई कोरोना संक्रमण

-


     नेपालय न्युज    
     श्रावण ५ गते २०७९


वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोभिड १९ को संक्रमण भएको छ । कोभिड १९ विरुद्धको खोपको पूर्ण डोज र दुईपटक बुस्टर डोजसमेत लिइसकेका बाइडेनलाई संक्रमण भएको ह्वाइट हाउसले जनाएको छ ।

उनमा अहिले सामान्य लक्षण देखिएका छन् ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)को निर्देशिकालाई पालना गर्दै उनी ह्वाइट हाउसमै आइसोलेसनमा बस्नेछन् । उनले आफ्ना दैनिक सरकारी कामकाजलाई पनि निरन्तरता दिनेछन् ।

सन् २०२० मा कोरोना महामारी फैलिएयता अमेरिकामा दस लाख भन्दा बढी संक्रमितको ज्यान गइसकेको छ । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com