जापानी पासपोर्ट संसारकै शक्तिशाली, नेपाली पासपोर्ट सूचीको पुछारतिर

-


     नेपालय न्युज    
     श्रावण ४ गते २०७९


जापानको पासपोर्ट यस पटक पनि विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टको रुपमा रहेको छ ।

लन्डनस्थित नागरिकता र निवाससम्बन्धी परामर्श दिने संस्था हेन्ले एन्ड पार्टनर्सले हालै सार्वजनिक गरेको प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदनअनुसार जापानको राहदानीले विश्वमै सबैभन्दा धेरै १९३ ओटा गन्तव्यमा भिसा फ्रि वा भिसा अन डिमान्ड यात्रामा पहुँच पाएको छ ।

दोस्रो स्थानमा रहेका सिंगापुर र दक्षिण कोरियाको भिसामा भने १९२ ओटा गन्तव्यमा सोको पहुँच छ । सूचीको बाँकी शीर्ष १० मा स्थानमा भने यूरोपेली देशकै बर्चस्व छ । तेस्रो स्थानमा जर्मनी र स्पेन छ । फिनल्यान्ड, इटली र लक्जेम्बर्ग चौथौ स्थानमा छ । अष्ट्रिया, डेनमार्क, नेदरल्यान्ड र स्वस्डेन पाँचौं शक्तिशाली पासपोर्ट भएका देश हुन् । बेलायत गत वर्षको तुलनामा एक स्थान झरेर छैठौं स्थानमा आएको छ ।

छैठौं स्थानमा बेलायतसँगै फ्रान्स, आयरल्यान्ड र पोर्चुगल पनि छन् । अमेरिका सातौंमा छ । अमेरिकासँगै बेल्जियम, न्यूजिल्यान्ड, नर्वे, स्वीट्जरल्यान्ड पनि सातौं स्थानमा छन् । अष्ट्रेलिया, क्यानडा, चेक गणतन्त्र, ग्रिस र माल्टाको पासपोर्ट आठौं शक्तिशाली पासपोर्टका रुपमा रहेका छन् । युक्रेनमाथि आक्रमणका कारण रुसमाथि लगाइएको प्रतिबन्ध, यात्रा बन्देजका कारण रुसी पासपोर्ट कमजोर बनेको छ । यस वर्षको सूचिमा रुस ५० औं स्थानमा छ, युक्रेन ३५ औं स्थानमा छ ।

सबैभन्दा कमजोर पासपोर्ट यस पटक पनि अफगानिस्तानकै छ । अफगानीहरुले २७ ओटा देशमा मात्रै भिसा बिना यात्रा गर्न सक्छन् । इराक र सिरिया पनि पुछारबाट दोस्रो र तेस्रो स्थानमा छन् । पाकिस्तान सूचीको १०९ औं स्थानमा छ ।

यमन र सोमालिया क्रमशः १०८ र १०७ औं स्थानमा छ । ३८ गन्तव्यमा भिसा फ्रि पहुँच पाएर नेपाल र प्यालेस्टाइन पासपोर्ट इन्डेक्सको १०७ औं स्थानमा छ । ४० गन्तव्यमा सहज पहुँच भएको उत्तर कोरियाको पासपोर्ट नेपालको भन्दा शक्तिशाली छ । ६० देशमा देशमा सहज पहुँच भएको भारतीय पासपोर्ट सूचीको ८७ औं स्थानमा छ । ८० देशमा भिसा रहित जान सक्ने चीन शक्तिशाली पासपोर्टको सूचीको ६९ औं स्थानमा छ । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com