डोनाल्ड ट्रम्पकी जेठी श्रीमती इभाना ट्रम्पको निधन

-


     नेपालय न्युज    
     असार ३१ गते २०७९


अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पकी जेठी पत्नी तथा उनका तीन सन्तानकी आमा इभाना ट्रम्पको ७३ वर्षको उमेरमा निधन भएको छ ।

ट्रम्पले आफ्नो सोसल मिडिया प्लेटफर्म ट्रुथ सोसलमा उनको सम्झनामा सन्देश लेखेका छन् ।

उनले लेखेका छन्, ‘उनी एक शानदार महिला थिइन्, सुन्दर र अद्भुत… जसले उत्कृष्ट र प्रेरणादायी जीवन बिताइन् ।’

इभाना ट्रम्पको जन्म चेक रिपब्लिकमा भएको थियो र उनले सन् १९७७ मा डोनाल्ड ट्रम्पसँग विवाह गरेकी थिइन् । तर, १५ वर्ष सँगै बसेपछि सन् १९९२ मा उनीहरुको सम्बन्धविच्छेद भयो ।

इभाना ट्रम्प र डोनाल्ड ट्रम्पका तीन सन्तान छन् । डोनाल्ड जूनियर, इभान्का र एरिक ट्रम्प ।

समाचार एजेन्सी एपीका अनुसार उनको मृत्यु कुनै आकस्मिक कारणले भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सीले लेखे अनुसार इभानालाई न्युयोर्कमा उनको घरको सिँढी नजिकै भेटिएको थियो । उनी लडेको हुनसक्ने आशंका गरिएको छ ।

डोनल्ड र इभाना सन् १९८० देखि १९९० को दशकसम्म न्युयोर्कका चर्चित व्यक्तित्व थिए र उनीहरुको सम्बन्धविच्छेदको खबरले निकै चर्चा पायो । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com