पोखराको बुद्ध विशाल बजार व्यापारिक एशोसिएसनको उपहार कार्यक्रम

- पाँच सयको सामान किन्दा स्कुटर पाउने अवसर

-


     नेपालय न्युज    
     असार २९ गते २०७९


पोखरा, २९ असार ।

पोखराको बुद्ध विशाल बजार व्यापारिक एशोसिएसनले व्यवसाय प्रवद्र्धनका लागि उपहार कार्यक्रम ल्याएको छ । एसोसिएसनले बुधबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार उपहार कार्यक्रम साउन १ गतेदेखि पाँच महिनासम्म सञ्चालन हुनेछ । विशेष गरी नेपालीहरुका चाडपर्वलाई लक्षित गरी उपहार कार्यक्रम संस्थाले ल्याएको हो ।
एसोसिएसनका अध्यक्ष केशवबहादुर खत्रीले उपहार कार्यक्रममा प्रथम पुरस्कार स्कुटर, दोस्रो उपहार ४३ इन्चको स्मार्ट टेलिभिजन र तृतीय पुरस्कार स्मार्ट फोन १५ हजार बराबरको ३ जनालाई प्रदान गरिने बताए । उनका अनुसार बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन भित्रका कुनै पनि पसलबाट ५ सयको समान खरिद गर्दा एउटा उपहार कुपन र १५ सय भन्दा बढीको खरिद गर्दा २ वटा उपहार कुपन उपलब्ध गराइनेछ । मासिक विशेष उपहार सपिङ भौचर ५ हजार बराबरको ४ जनालाई लक्की ड्र मार्फत् उपलब्ध गराइने र महिनाको अन्तिम बुधबार खोलिने संस्थाका कोषाध्यक्ष तथा उपहार कार्यक्रम संयोजक थमनसिंह गुरुङले जानकारी दिए ।
बजार एसोसिएसनका मानार्थ सदस्य तथा सल्लाहाकार सुदीप ढकालले २० वर्ष अघि उपहार कार्यक्रम सुरु गरिएको र यो प्रभावकारी रहेको बताए । संस्थाका महासचिव बुद्धिबहादुर कुँवरले उपहार कुपन प्रत्येक सटरलाई १ सयको ४ वटा पेटी उपलब्ध गराइने र त्यस वापत एसोसिएसनले एउटा पेटीको १ हजार शुल्क लिने गरेको बताउँदै त्यो रकम र अन्य नवीकरण शुल्कबाट उपहार कार्यक्रम सञ्चालन गरिएको बताए । उनका अनुसार साउन १ गतेबाट यो उपहार कार्यक्रम लागु गरीने बताए । एसोसिएसनले सामाजिक उतर दाहित्व अन्तरगत विभिन्न दैवि प्रकोप लगाएत विभिन्न विपत्तीहरुमा सयोग गरिरहेको र हाल ३ जना छात्रछात्रालाई छात्रवृत्ति समेत उपलब्ध गराइरहेको महासचिव बुद्धिबहादुर कुँवर बताए । पत्रकार सम्मेलनमा पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सेनाले बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनले नाफामुखी भन्दा पनि सेवाको रुपले व्यवसाय गरिरहेको बताए ।

उत्तरकी नाका सञ्चालन नहुँदा सामान ल्याउन समस्या

२ सय ४० सटर रहेको बुद्ध विशाल बजारमा फेन्सी, कष्मेटिक लगागतका सामान खरिद र बिक्री हुने गरेको छ । उत्तरी छिमेकी देश चीनतर्फका नाका सञ्चानमा नआउँदा सामान ल्याउन समस्या भएको र ढुवानी खर्च बढेको अध्यक्ष खत्रीले बताए । खत्रीका अनुसार बजार भित्रका पसलबाट करिब ३ हजार ५ सय प्रत्यक्ष रुपमा लाभाम्वित भएको बताए । कोरोना अघि र अहिलेको खरिद मूल्य दोब्बर नै वृद्धि भएको उनको भनाइ छ । विदेशी सामान ल्याउँदा प्राविधिक र कानुनी समस्या समते रहेको बताउँदै खत्रीले सहजताको लागि राज्यले पहल गर्नुपर्ने बताए ।

सिनेमा हल सञ्चालनको तयारी
बुद्ध विशाल बजार भित्र सिनेमा हल सञ्चालनको लागि योजना बनाएर तयारी थालिएको छ । सिनेमा हल सञ्चालनमा ल्याउने गरी यो कामलाई पूरा गर्नका लागि बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनका प्रवक्ता तथा प्रेस सयोजक मनोहरि पौडेललाई जिम्मेवारी दिइएको अध्यक्ष खत्रीले बताए ।
प्रवक्ता पौडेलका अनुसार करिब २ सय जनासम्म दर्शक अट्न सक्ने सिनेमा हल निर्माणको लागि अध्ययन भइरहेको र सिनेमा हल सन्चालकहरुसँग वार्ता सकारात्मक रहेको बताउदै प्रवक्ता पौडेलले उपभोक्तालाई आकर्षित गर्नका लागि सिनेमा हल सञ्चालनको योजना बनाइएको बताए ।

WP2Social Auto Publish Powered By : XYZScripts.com