नेपालमा बढ्दै कोरोना, १७७ जनामा संक्रमण

-


     नेपालय न्युज    
     असार २८ गते २०७९


कोरोना भाइरसको सङ्क्रमण दैनिक बढिरहेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा तीन हजार १२६ जनामा गरिएको परीक्षणमध्ये आज १७७ जनामा संक्रमण देखिएको हो।

असार २६ गते १२१ र असार २७ गते १६८ जनामा संक्रमण देखिएको थियो। सक्रिय सङ्क्रमितको सङ्ख्या ८७३ जना रहेका छन्।

विगत २४ घण्टामा ४१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन्। योसँगै निको हुनेको संख्या नौ लाख ६७ हजार ७६५ पुगेको छ। निको हुने दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

संक्रमणबाट कसैको पनि निधन भएको छैन। शून्य संक्रमित भएका जिल्ला १४ रहेका छन्।

अहिलेसम्म होम आइसोलेसनमा ८५३, संस्थागत आइसोलेसनमा २०, भेन्टिलेटरमा एक जना र सघन उपचार कक्ष (आईसीयू) मा ११ जनाको उपचार भइरहेको छ।

यस्तै, विगत २४ घण्टामा ६४ हजार ९०७ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन्। रासस

WP2Social Auto Publish Powered By : XYZScripts.com