
अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘जेम्स वेब स्पेस टेलिस्कोप’ ले लिएको अन्तरिक्षको पहिलो रंगीन तस्बिर सार्वजनिक गर्नुभएको छ ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा एक कार्यक्रमकाबीच उहाँले यो तस्बिर सार्वजनिक गर्नुभएको हो । अन्तरीक्ष अनुसन्धान संस्था नासाका अनुसार यो तस्बिर हालसम्म लिइएका अन्तरीक्षका तस्बिरहरु मध्ये सबै भन्दा स्पष्ट र इन्फ्रारेड तस्बिर भएको बताइएको छ । बाइडेनले उक्त तस्बिर सार्वजनिक भएको दिन अमेरिकाको इतिहासमा ऐतिहासिक दिन रहेको बताउनुभएको छ ।
उहाँले विश्वकैै सबै भन्दा शक्तिशाली टेलिस्कोपले तस्बिर खिचेसँगै ब्रह्माण्डको इतिहासमा नयाँ बाटो खुलेको पनि बताउनुभयो । सार्वजनिक भएको तस्बिरमा हालसम्म नदेखिएका थुप्रै ब्रह्माण्डहरु देखिएका छन् । ९ बिलियन अमेरिकी डलर बराबरको जेम्स वेब टेलिस्कोप सन् २०२१ डिसेम्बरमा पृथ्वीबाट अन्तरीक्षमा पठाइएको थियो । एजेन्सी