श्रीलंकामा नयाँ राष्ट्रपति चयनका लागि मार्चअघि नै आमनिर्वाचन हुने

-


     नेपालय न्युज    
     असार २७ गते २०७९


श्रीलंकामा नयाँ राष्ट्रपति चयनका लागि आगामी मार्च अघि आमनिर्वाचन हुने भएको छ ।

वर्तमान राष्ट्रपति गोताबाया राजपाक्षेले आगामी बुधबार संसद्का सभामुखलाई राजीनामा बुझाई राष्ट्रपतिको आफ्नो कार्यकाल अन्त्य गर्नुहुने र अर्को वर्ष मार्चअघि राष्ट्रपति र संसदीय निर्वाचन गराउने निर्णय गरिएको श्रीलंकाको स्थानीय समाचार संस्था डेली मिररले जनाएको छ ।

गत शनिबार देशव्यापी विरोध भएपछि प्रधानमन्त्री रनिल विक्रमासिंघेसँग भएको छलफलमा राजपाक्षेले जुलाई १३ मा राजीनामा दिने घोषणा गर्नुभएको थियो । राष्ट्रपति राजपाक्षेको ठेगाना अझै अज्ञात छ । आइतबार साँझसम्म राजनीतिक दलभित्र भएको छलफलपछि धेरै सांसदहरूले प्रधानमन्त्री रनिल बिक्रमासिंघेलार्ई सरकार नछोड्न, बरु राष्ट्रपति पद सम्हाल्न आग्रह गर्नुभएको थियो ।

राष्ट्रपति निवास कब्जा गरी बसेका प्रदर्शनकारीहरुले भने राष्ट्रपति राजपाक्षेले राजीनामा नदिएसम्म राष्ट्रपतिको निवास नछोड्ने जनाएका छन् । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com