टेक्सस आप्रवासी मृत्यु प्रकरणः चालक ट्रकको एयर कन्डिसनरले काम गर्न छाडेकाबारे जानकार थिएनन्

-


     नेपालय न्युज    
     असार १९ गते २०७९


अमेरिकाको टेक्सस राज्यको स्यान एन्टोनियोमा जुन २७ मा सडक किनारामा बेवारिसे अवस्थामा भेला परेको ट्रकबाट ५३ शव बरामद भएको थियो । अधिकारीका अनुसार ट्रकमा उच्च तापक्रमका कारण हिटस्ट्रोकबाट उनीहरुको मृत्यु भएको हो । ​पीडितहरुमध्ये २७ मेक्सिकन नागरिक, १४ होण्डुरसका नागरिक, दुई अल सल्भाडोर र ७ ग्वाटेमालाका थिए ।

वर्षेनी विपन्न दक्षिण अमेरिकी राज्यबाट लाखौं मानिस अनधिकृत रुपमा समृद्ध अमेरिका पस्ने प्रयास गर्छन् । घटनासँग सम्बन्धित दस्तावेज संकलन गरिएको संघीय अदालतका अनुसार ट्रकका चालक होमेरो जमोरानोलाई उनको ट्रकको एयर कण्डिशनरले काम गरेको वा नगरेको ध्यान नदिई गाडी चलाइरहेका थिए ।

प्रहरीले जमोरानो ट्रककै छेउको झाडीमा लुकिरहेको अवस्थामा फेला पारेको थियो । अमेरिकी सिमानामा रहेको चेकपोइन्टबाट अघि बढ्दाको भिडियोमा उनले ट्रक चलाइरहेको पहिचान भएपछि उनको झुट पर्दाफास भएको थियो ।

ट्रकमा लगभग बेहोशी अवस्थामा भेटिएका कयौं मानिस तथा बच्चाका अझै अस्पतालमा उपचार भइरहेको छ । अदालतमा प्राप्त दस्तावेजका अनुसार चालकलाई ट्रकको एयर कण्डिशनरले काम गर्न बन्द गरेको जानकारी थिएन । यही भूलको कारण यत्रो हताहती भयो ।

प्रहरीले ४५ वर्षे जमोरानोसँगै २८ वर्षिया क्रिश्चियन मार्टिनेज घटनाको लागि प्रमुख जिम्मेदार मानेर पक्राउ गरेको छ । यदी उनीहरु दोषी पाईमा मृत्यु दण्डसम्म पाउन सक्नेछन् ।
घटनास्थलबाट हातहतियार बाकेको र अनधिकृत रुपमा अमेरिका प्रवेश गरेको आरोपमा अन्य दुई मेक्सिन नागरिक हुँवा क्लाउडियो डी’लुना–मेन्डेज र फ्रान्सिस्को डी’लुना बिलबाओ पनि पक्राउ परेका छन् । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com