अमेरिकामा ८ वर्षका बालकले चलाए बुबाको बन्दुक : एक वर्षीया बालिकाको मृत्यु

-


     नेपालय न्युज    
     असार १५ गते २०७९


अमेरिकाको फ्लोरिडास्थित एक मोटेलमा ८ वर्षीय बालकले एक वर्षीया बालिकालाई गोली हानेका छन् । सो क्रममा अर्की २ वर्षीया बालिका पनि घाइते भएकी छिन् । बच्चाले अकस्मात बुबाको बन्दुकबाट गोली चलाएका थिए । यस घटनामा प्रहरीले बालकका बाबुलाई पक्राउ गरेको छ ।

एस्कम्बिया काउन्टी शेरिफ चिप सिमन्सले भने, ‘घटना गत हप्ता भएको थियो । बालकका बुबा, रोडरिक ड्वेन रान्डलले पेन्साकोला मोटेलको एउटा कोठामा बन्दुक लुकाएर राखेका थिए । कोठाबाट निस्कँदा उनका छोराले बन्दुक भेटे र गोली चलाउन सुरु गरे । दुवै छोरी उनका बुबाकी प्रेमिकाका थिए । घटनामा मारिएकी शिशुको नाम केसी बास थियो ।’

बुबाले प्रमाण लुकाउने प्रयास गरे

सिमन्सले यसबारे भने, ‘ घटना पछि रोडरिकले प्रमाण लुकाउने प्रयास गरे । उनले कोठामा भएका ड्रग्स र बन्दुक पुनः लुकाउने कोसिस गरे । एक साताको अनुसन्धानपछि उनलाई पक्राउ गरिएको हो । बालकका बुबालाई बन्दुक राखेको, लापरवाही गरेको र प्रमाण मेटाउने कोसिस गरेको आरोप लगाइएको छ ।’ घाइते बालिका छिट्टै निको हुने उनले बताए ।

आमाबाबुको लापरवाहीको अर्को एउटा घटना

सेरिफ चिप सिमन्सले भने, ‘सहरमा पहिला पनि यस्ता घटना हुने गरेका थिए जहाँ आमाबुबाको लापरवाहीले बच्चालाई हानी पुगेको हुन्छ । हालै एक महिलाले आफ्नी एक वर्षका छोरालाई बन्द कारमा छोडेका थिए । कार घण्टौँ घाममा रहिरह्यो । महिला छोरालाई छोडेर एउटा बारमा गएकी थिइन् । कारको झ््याल–ढोका सबै बन्द थियो । गर्मीका कारण बच्चाको स्वास्थ्य खराब भएको थियो ।’

विगतमा अभिभावकको लापरवाहीका कारण बालबालिकालाई नोक्सान पुग्ने घटना भएको छ । उनले हालै एक महिलाले आफ्नो १ वर्षीय छोरालाई बन्द कारमा छाडेर गएको बताए । घाममा घण्टौंसम्म गाडी पार्किङ गरिएको थियो । महिला छोरालाई छोडेर बारमा गएकी थिइन् । गाडीका सबै झ्याल र ढोका बन्द थिए । गर्मीका कारण बालकको स्वास्थ्य बिग्रिएको थियो । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com