अमेरिका: सर्वोच्च अदालतले गर्भपतनसम्बन्धी ५० वर्ष पुरानो फैसला उल्ट्यायो

-


     नेपालय न्युज    
     असार ११ गते २०७९


अमेरिकी सर्वोच्च अदालतले आफ्नो एउटा महत्त्वपूर्ण फैसलामा कानुनी रूपमा गर्भपतनलाई अनुमति दिने पाँच दशक पुरानो निर्णयलाई उल्ट्याएको छ। यसपछि महिलाका लागि गर्भपतनको अधिकार वैध हुने कि नदिने भन्ने सम्बन्धमा राज्यले आफ्नो छुट्टै नियम बनाउन सक्ने बताइएको छ ।

अदालतले गर्भपतनलाई कानुनी बनाएको रो बनाम वेड मुद्दामा ५० वर्ष पुरानो फैसलालाई उल्ट्याएको छ जसमा संविधानले गर्भवती महिलालाई गर्भपतनसम्बन्धी निर्णय गर्ने अधिकार दिएको थियो ।

केही साताअघि यस मुद्दाको फैसलासँग सम्बन्धित कागजपत्र बाहिरिएपछि अदालतले यसको पक्षमा फैसला गर्न सक्छ भन्ने चर्चा सुरु भएको थियो । विज्ञहरू भन्छन् कि अदालतको यो निर्णयले अमेरिकामा गर्भपतनको अधिकारलाई परिवर्तन गर्नेछ किनभने यसपछि अब हरेक राज्यले यस सम्बन्धमा आफ्नै नियम बनाउन सक्नेछन्। यसपछि अमेरिकाका आधाभन्दा बढी राज्यले गर्भपतनसम्बन्धी नयाँ प्रतिबन्धहरू लागू गर्न सक्ने विश्वास गरिएको छ ।

१३ राज्यले गर्भपतनलाई गैरकानूनी बनाउने कानुन पारित गरिसकेका छन्, सर्वोच्च अदालतको फैसलापछि यी कानुन लागू हुनेछन् । केहि थप राज्यहरूले पनि चाँडै यस सम्बन्धी प्रतिबन्धहरू लागू गर्न सक्ने अपेक्षा गरिएको छ । त्यस्तै धेरै राज्यहरूले गर्भपतन सम्बन्धी महिला अधिकार दिने नियमहरू लागू गर्न सक्छन्। एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com