९१ वर्षका मिडिया टाइकुन रुपर्ट मर्डोकले सम्बन्धविच्छेद गर्दै

-


     नेपालय न्युज    
     असार ९ गते २०७९


मिडिया टाइकुन रुपर्ट मर्डोक र अभिनेत्री जेरी हलले सम्बन्ध विच्छेद गर्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

९१ वर्षमा मर्डोकको यो चौथो सम्बन्धविच्छेद हुनेछ । ६५ वर्षकी हल यस अघि रोलिङ स्टोन्स फ्रन्टमैन मिक जागर सँग विवाहित थिइन् ।

मर्डोक र हलले सन् २०१६ मा सेन्ट्रल लण्डनमा विवाह गरेका थिए । उनीहरुका प्रतिनिधिले यसबारे प्रतिक्रिया दिन बाँकी नै छ ।

न्युयोर्क टाइम्सका अनुसार उनीहरूको सम्बन्धविच्छेदको खबर परिवारका नजिकका सदस्यहरूलाई अचम्मित तुल्याएको छ ।

न्युयोर्क टाइम्स र वासिङ्टन पोस्टले स्रोत नखुलाइकन सम्बन्धविच्छेदको जानकारी दिएका हुन् ।

मर्डोकको न्युज कर्पोरेशन साम्राज्यले अमेरिकाको फक्स न्यूज र वाल स्ट्रीट जर्नल, र बेलायतको द सन र द टाइम्स लगायतका प्रमुख आउटलेटहरू नियन्त्रण गर्दछ ।

विवाहका तस्बिर ट्वीटरमा सार्वजनिक गर्दै गर्दा उनले आफूलाई ‘संसारको सबैभन्दा भाग्यमानी र खुसी मानिस’ बताउँदै उक्त प्लेटफर्ममा पोस्ट गर्न बन्द गर्ने जानकारी दिएका छन् ।

सन् २०१८ मा उनका जेठो छोरा लाच्लानलाई उनको उत्तराधिकारी घोषणा गरिएको थियो । मर्डोकले 21st Century Fox​ को अधिकांश सेयर वाल्ट डिज्नी कम्पनीलाई बेचेका थिए ।

यस जोडीलाई धेरै कार्यक्रममा सार्वजनिक रूपमा पनि सँगै देखाइएको थियो ।

गत वर्ष, हलले उनको ९० औं जन्मदिनको पार्टीमा आफ्नो पार्टनरलाई असाध्यै धेरै माया गरेको देखिएको न्युयोर्क टाइम्सले बताएको छ ।

टेक्सन मोडेलबाट अभिनेत्री बनेकी उनी पहिले जागरसँग लामो समयसम्म सम्बन्धमा थिइन्, जससँग उनको चार सन्तान छन् । यो जोडीले सन् १९९० मा इन्डोनेसियाको बालीमा एक हिन्दु परम्परामा विवाह गरेका थिए । लन्डनको उच्च अदालतले एक दशकभन्दा कम समयपछि यो विवाह खारेज गरेको थियो ।

मर्डोकले यसअघि सन् १९५६ देखि १९६७ सम्म अस्ट्रेलियाली एयर होस्टेस प्याट्रिसिया बुकरसँग विवाह गरेका थिए । स्कटिश पत्रकार अन्ना मान, सन् १९६७ देखि १९९९ सम्म, चिनियाँ मूलकी उद्यमी वेन्डी देडसँग सन् १९९९ देखि २०१४ सम्म विवाह सम्बन्धमा उनी गाँसिएका थिए ।

एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com