
नेपालय संवाददाता
पोखरा, ९ असार
पोखरा र आसपासमा आज (बिहीबार) बिहान भूकम्पको धक्का महसुुस भएको छ । बिहान ३ बजेर ५६ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस केन्द्रबिन्दु भएर ४ दशमलब ९ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का कास्कीसहित बागलुङ, पर्वत, म्यादी र तनहुँसम्म महसुस गरिएको स्थानीयवासीले बताएका छन् ।