वासिंगटन डीसीमा गोली चल्यो, १ जनाको मृत्यु

-


     नेपालय न्युज    
     असार ६ गते २०७९


अमेरिकाको वासिङ्‍गटन डीसीमा गोली चल्दा एक प्रहरी अधिकारीसहित केही मानिस घाइते भएका छन् । गोली लागेकामध्ये एक किशोरको मृत्यु भएको बताइएको छ । ‘दुई वयस्क र एक किशोरमाथि गोली हानिएको थियो । त्यस्तै, एक प्रहरी अधिकारीलाई पनि गोली हानिएको थियो’, महानगरीय प्रहरी विभाग प्रमुख रोबर्ट जे कोन्टीले भने ।

गोली लागेर घाइते भएका प्रहरी अधिकारी र अन्य दुई जनाको अस्पतालमा उपचार भइरहेको छ । घाइते किशोरको भने मृत्यु भएको प्रहरीले जनाएको छ । वासिङ्‍गटन डीसीको संस्कृति प्रवर्द्धन गर्ने पर्व मोचेलाको समयमा गोलीबारी भएको थियो ।

अमेरिकामा पछिल्लो समयमा बारम्बार बन्दुक हमला भएका छन् । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com