ताप्लेजुङ, ३ असार
ताप्लेजुङमा पहिरोमा पुरिएर एकै घरका सासु र बुहारीको मृत्यु भएको छ ।
सिरीजंगा गाउँपालिका–७ खेवाङमा गएराति झरेको पहिरोमा पुरिएर सासु र बुहारीको मृत्यु भएको प्रहरीले बताएको छ । वर्षासँगै राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएका तुलसा अधिकारी र यशोदा अधिकारीको शव आज बिहान भेटिएको प्रहरीले बताएको छ ।
यशोदाका श्रीमान् विष्णु अधिकारी भने भागेर ज्यान जोगाउन सफल भएको स्थानीयले बताएका छन् । पहिरोले अधिकारीका दुईवटै घर बगाएको छ भने नजिकै रहेका पशुचौपायसमेत पुरेको बताइएको छ । अत्यधिक वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा ठुल्ठूला पहिरो खसेका छन् ।